राजुकाजी शाक्यले देखेको त्यो सपना

जब विश्वकप जितेको सपना देखेँ

+
-

काठमाडौँ – सन् १९८० को दशक। नेपालीले विश्वकपका खेलहरु टेलिभिजनमा लाईभ हेरेको समय। पेलेहरुका नाम सुनेर फुटबलमा लागेको नेपाली पुस्ताले त्यही दशकमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो।

र, त्यही समयमा नेपाली राष्ट्रिय फुटबल टोलीमा स्थान बनाएका खेलाडी हुन् राजुकाजी शाक्य जो पछि नेपाली टोलीको कप्तान पनि बने। दुई पटक दक्षिण एसियाली खेलकुदको फुटबलतर्फ स्वर्ण पदक जिते, सन् १९९३ को संस्करणमा आफ्नै कप्तानीसहित।

‘धरानमा त्यतिबेला म्यागजिनहरु आउँथे। नजिकै रहेको ब्रिटिस क्याम्पमा विदेशी म्यागजिनहरु सहजै उपलब्ध हुन्थे। त्यसमा पेलेका बारेमा धेरै लेखिएको हुन्थ्यो। हामी उनले खेलेको नदेखी पेले र ब्राजिलको फ्यान बन्यौं’, शाक्य भन्छन्।

त्यतिबेला धरानमा फुटबलका गतिविधिहरु निकै नै हुने गरेपनि देशबाहिरका फुटबल गतिविधिहरु उनीहरु देख्न पाउँदै थिए। तर जब राष्ट्रिय टोलीमा परे, शाक्यलाई विश्वकपको खेल टेलिभिजनमा हेर्ने अवसर जुर्‍यो।

सन् १९८२ मा नेपाली टोली तयारीका लागि चिन गएका बेला शाक्य पनि सँगै थिए। उनले त्यतिबेला विश्वकपका खेलहरु पहिलोपटक लाइभ हेर्ने अवसर पाए टेलिभिजनमा।

‘त्यो अनुभव त शब्दमा व्यक्त गर्न सक्दिन। तर एउटा कुरा के थाहा पायौँ  भने हामी विश्वकपमा खेल्ने टोलीहरु भन्दा निकै तल रहेको महसुस भयो’ शाक्य भन्छन्।

फुटबल प्रशिक्षक राजुकाजी शाक्य । तस्बिर : बर्षा शाह/देश सञ्चार

सन् १९८३ मा भएको प्रथम दक्षिण एसियाली खेलकुदमा नेपालले फुटबलतर्फ स्वर्ण पदक जित्यो। शाक्यले पनि च्याम्पियन हुनुको स्वाद चाखे। सन् १९८६ को विश्वकपका खेलहरु टेलिभिजनमा नेपालीहरुले लाईभ हेर्न पाए। म्याराडोनाको खेल हेर्न पाए।

टेलिभिजनमै भए पनि म्याराडोनाको जादुमयी प्रदर्शनको साक्षी बन्न पुगे। अर्जेन्टिनाले जितेको त्यस विश्वकपपछि विश्वकपले नेपालमा पनि माहोल ल्याउन थालेको शाक्य बताउँछन्। कति भने धेरै नेपाली फुटबलरले म्याराडोनाले जस्तै लामो कपाल पाल्न थाले। फुटबल फ्यानमा पनि त्यसको प्रभाव उस्तै थियो।

‘टेलिभिजनमा नेपालीको पहुँच पुग्यो। उनीहरुले विश्वकपलाई टेलिभिजनमा हेर्न पाए। त्यही भएर पनि होला म्याराडोना र अर्जेन्टिनाको क्रेज नेपालमा बढी देख्न पाइन्छ’ शाक्य भन्छन्।

सन् १९९० को विश्वकपमा तत्कालीन पश्चिम जर्मनीसँग फाइनलमा हारेपछि अर्जेन्टिनाका म्याराडोना रोएको याद ताजै छ। त्यसपछिका केही वर्ष उनले राष्ट्रिय टोलीका लागि खेलेपनि नेपाली टोलीको सपना दक्षिण एसियाभन्दा बाहिर जान सकेको थिएन।

‘दक्षिण एसियाली फुटबलमा पहिलो हुनु नै हामीलाई विश्व च्याम्पियन भएजस्तो हुन्थ्यो’, शाक्य हाँसे।

उनले विश्वकप छनाैट र विश्वकपकै खेलहरु रंगशालामै पुगेर पनि हेरेका छन्। ती खेलहरु हेरिरहँदा उनलाई लाग्थ्यो- म पनि राष्ट्रिय टोलीको सदस्य हुँ तर किन विश्वकप खेल्न सक्दिन।

तर त्यो त केवल कोरा विश्लेषण थियो। नेपालको स्तर के हो भन्ने पनि उनलाई राम्रोसँग थाहा थियो। ‘विश्वकप खेल्ने सपना हैन, सपनामा चाँही विश्वकप खेलेको र धुरन्धर प्रदर्शन गरेर विश्व च्याम्पियन बनेको देखियो। तर झल्यास्स बिउझँदा त कहानी अर्कै। सायद १९९०को विश्वकप चलिरहेको थियो त्यतिबेला।  दिमागमा फुटबल खेलिरहन्थ्यो’ शाक्य भन्छन्।

उनलाई लाग्छ- २०/३० वर्ष अघि र अहिले नेपालमा फुटबलको क्रेज उस्तै छ। उनले त्यतिबेला पनि दक्षिण एसियाले नेपाली फुटबल र नेपाली फुटबलरको प्रसंशा गरेको धेरै पटक सुने।

‘तर हामी दक्षिण एसियाभन्दा बाहिर जान सकेनौँ। घरेलु फुटबल कहिल्यै बलियो भएन। क्लब र लिगहरु बलिया भएनन्। आज १५/२० वर्षको योजना बनाएर अगाडि बढेको उज्वेकिस्तान एसियामा बलियो बनेको छ,विश्वकप खेल्न दाबेदारी गरिरहेको छ। तर हामी कुनैपनि किसिमको योजनाबिहिन छौं’ उनी भन्छन्।

पछिल्लो समय फुटबल प्रशिक्षणमा व्यस्त शाक्य एक फुटबल समर्थक पनि हुन्। उनी पनि मन पर्ने र राम्रा टोलीका खेलहरु हेर्न छुटाउँदैनन्।

भने, ‘तर हामी खेलाडी र प्रशिक्षकले हेर्दा सिक्न प्रयाश गर्नुपर्छ। प्रशिक्षक हो भने रणनितीहरु थाहा पाउन प्रयाश गर्नुपर्छ। गोलकिपर हो भने कसरी राम्रोसँग गोलकिपिङ गर्ने भन्ने आईडियाहरु विश्वकपबाट लिन सकिन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?