डिभी महात्म्य : उदारवादी कि साम्राज्यवादी

डिभी महात्म्य : उदारवादी कि साम्राज्यवादी
+
-

कसरी हुन्छ अमेरिका जाउँ भनेर सोच्ने नेपालीलाई चिठ्ठामा हरियो सपना परेपछि के चाहियो । फेरि डाक्टर इन्जिनियर नै हुनुपर्छ भन्ने पनि छैन । सामान्य पढाई भए मात्र पनि पुग्ने ।

ह्वाइट कलर जब नपाइएला तर के भयो र कतारको मरुभूमिमा पसिना बगाउनु भन्दा त अमेरिकाको एसीमा पसिना सुकाउनु धेरै आनन्द । त्यसमाथि दोस्रो पुस्ता त पूर्ण रुपले अमेरिकन भइहाल्छ । अनि ब्लू कलर जब पनि पाइन्छ । त्यसमाथि राम्रो डिग्री छ भने त दोस्रो पुस्ता पनि पर्खिनु आवश्यक भएन ।

वाह अमेरिका कस्तो उदारवादी ।

त्यही सोच्नुभएको छ ? उदारवादी अमेरिकाको साम्राज्यवादी चाल पनि हुन सक्छ है । पेन्टागनको कूटनीतिक अभ्यास नहोला भन्न पनि सकिन्न ।

डा. सुवास लोहनी

धेरै वर्ष अघिको कुरा हो । कलेज पढ्दा । त्यसबेला मलाई राजनीतिमा उति चाख पनि थिएन । साम्राज्यवाद र उपनिवेशवादको अन्तर थाहा हुने त कुरै भएन । मेरो मन मिल्ने साथीको घर गएको थिए ।

त्यहाँ चर्का चर्की अमेरिकाको विरोधमा उसको बुवा आफ्नो साथीहरु माझ उत्रिरहनु भएको थियो । बुसले इराकमाथि आक्रमण गर्यो भनेर अमेरिकाको मध्यपूर्वी महत्वाकांक्षाको घोर विरोध गर्नुभयो । म केवल सुनिरहेको थिएँ । तार्किक अभिव्यक्तिको क्षमता मसँग त्यो बखत थिएन ।

अहिले मेरो त्यो साथी अमेरिकामा छ । उसको अनुपस्थितिमा म केही दिन पहिले उसको बुवा आमालाई भेट्न उसको घर गएको थिएँ । छोराछोरी दुवै अमेरिकामा । घरमा बुढाबुढी मात्र एकान्त भावमा बसिरहेका थिए । सामान्य वार्तालाप भयो ।

अहिले धेरै नजाने पनि साम्राज्यवाद र उपनिवेशवादको अर्थसम्म बुझ्ने भएकाले मैले विगतको उहाँको अमेरिका प्रतिको धारणालाई मध्यनजरमा राखेर प्रश्न गरिहालेँ ।

अमेरिकाले जेरुसलेममा इज्रायलको लागि आफ्नो दूतावास सारेको घटनालाई हजुरले कसरी ग्रहण गर्नु भएको छ ? उहाँले समर्थन भावमा भन्नुभयो, ‘अब पुरातात्विक हिसाबले त जेरुसलेम यहुदीहरुकै हो नि, त्यसैले त्यो न्यायसंगत नै हो । मुसलमानहरु त आतंककारी नै हुन् । जहाँ पनि पासविक व्यवहार छ तिनीहरुको । मध्यपूर्वलाई अलिकति अमेरिकाको हावा चाहिन्छ नै ।’

अरु पनि धेरै भन्नुभयो । दोस्रो पुस्ताको अमेरिकिकरणको ठूलै असर परेको रहेछ भन्ने बुझेर थप प्रश्न गर्ने इच्छा म मा भएन ।

मध्यपूर्वमा प्यालेस्टिनियन माथि अमेरिकी आडमा यहुदीहरुले गरेको अत्याचार अन्धोले पनि देख्न सक्छ । म मुसलमान धर्मको समर्थन नगरे पनि र तिनीहरुको जिहादी आतंकवादको विरोध गरे पनि प्यालेस्टिनियन प्रति मेरो सहानुभूति छ ।

टेक्ससबाट छोराले पठाएको आइफोनमा गफ गर्ने । क्यालिफोर्नियाबाट छोरीले पठाएको आइप्याडमा फेसबुक चलाउने । अनि अमेरिकाको विरोध गर्न त नैतिकताले पनि दिनुपर्‍यो नि ।

तैपनि एकछिन अमेरिकाको साम्राज्यवादको लेखाजोखा गरौं न ।

स्वभाविक हो । पृथ्वी नारायण शाहले गरेको टुक्रिएको नेपाल एकीकरणको हामी ऐतिहासिक रुपमा कदर गर्छौं भने अमेरिकाको साम्राज्यवाद र बेलायतको उपनिवेशवादमा आपत्ति जनाउनु पर्ने किन ? आखिर यो विश्व पनि त राष्ट्रिय सिमानाले टुक्रिएकै छ ।

अनि पृथ्वी नारायणले पनि कीर्तिपुरमा शत्रुको नाक काटेकै मानिन्छ । भनेपछि उनी पनि शत्रुलाई माया गर्ने एकीकरणवादी त करार हुँदैनन् होला । बेलायतले उसताका भारतको कोहिनुर मोती लगेर आफ्नो ताज सजाए पनि बदलामा स्कूलहरु त खोलेकै हुन् । रेल पनि बनाईदिएकै हो । तर पनि बेलायतको उपनिवेशवाद गान्धिको सत्याग्रह अघि माथ खायो ।

सबैभन्दा अचम्मलाग्दो यथार्थ त के छ भने बेलायतको उपनिवेशबाट सशस्त्र बिद्रोह गरेर स्वतन्त्रता हाँसिल गरेको अमेरिका अहिलेको विश्व क्षीतिजमा बेलायती महत्वाकांक्षाको वायरलेस स्वरुप साम्राज्यवाद लिएर नयां विश्व व्यवस्था कायम गर्न कटिबद्ध छ ।

गाईको पूजा गर्ने सभ्यतामा बसेर नियाल्दा चिलको गिद्धे चेतनाबाट सन्चालित अमेरिकन मानसिकताले यो विश्वलाई पुँजीवादको उत्कर्ष दिन सक्ला तर त्यो उत्कर्षमा मानव चेतना व्यापारको साधन बन्छ जुन परिस्थितिमा यसको प्राकृतिक प्रवाह नै निष्कृय हुन्छ ।

त्यसैले सल्किएको अमेरिकी साम्राज्यवादको आगोलाई निस्तेज पार्न आकाशबाटै घनघोर बर्षँ अत्यावश्यक छ । नीलो आकाश माथिको आकाश ।

प्रकृतिले मानव सभ्यताको इतिहासमा पृथ्वी जस्ता नारायण धेरै जन्माइन् । कहिले ग्रिसमा सिकन्दर त कहिले भारतमा बाजिरावो । सबै सेतो घोडा सवार तरबारको प्रहारले शत्रूको सभ्यतामाथि विजय प्राप्त गर्दै एकीकरणको तिरड.गा फहराउँदै अमर भए ।

तर अफसोस इतिहासले जति पनि विशाल साम्राज्यहरुको उदय स्वीकार ग¥यो ती कुनैले पनि ऐतिहासिक स्थायित्व भने प्राप्त गरेनन् । यो मानव महत्वाकांक्षाको सामरिक अभिव्यक्ति हो या प्रकृतिको युगान्तकारी व्याकुलता ?

म उत्तरको लागि नीलो आकाश माथिको आकाश निहालीरहेको छु ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?