सट्टेबाजी गराउने फुटबल खेलाडीसहित ६ पक्राउ

सट्टेबाजीको जालो: अकाउन्ट खोल्ने, सन्जाल बनाउने र बेटिङ गराउने

सट्टेबाजीको जालो: अकाउन्ट खोल्ने, सन्जाल बनाउने र बेटिङ गराउने
+
-

काठमाडौं- विभिन्न खेलका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सट्टेबाजी ‘बेटिङ’ गरेर नेपालीहरु घरबार बिहिन बनेको सूचना प्रहरीलाई निकै समय अगाडि आएको थियो।

विभिन्न प्रतियोगिता दौरान बेटिङ गराउने गिरोह नेपालमा पनि सक्रिय रहेको चाल पाएपनि पीडित उजुरी गर्न नआउने भएकाले प्रहरी त्यस्तो सन्जालसम्म पुग्न सकेको थिएन। तर युरोपियन च्याम्पियन्स लिगको फाइनल भएको चौथो दिन र इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटको फाइनल भएको तेस्रो दिन मंगलबार काठमाडौं प्रहरी परिसरले बेटिङ गराउने गिरोह पक्राउ गरी सार्वजनिक गर्‍यो।

पक्राउ पर्नेमा पुर्व राष्ट्रिय फुटबल खेलाडी अन्जन केसी, सिभिल मलस्थित डि सिने हलका सन्चालक गौरव तिवारी छन्। तिवारी यस गिरोहका मुख्य नाइके भएको प्रहरीको दावी छ।

यसअघिका  सट्टेबाजी प्रकरणमा संलग्न रहेको आरोप लागेका भारतीय नागरिक नागराज भनिने अमित अग्रवालसँग तिवारीले पनि कारोबार गरेको तर उनीसँग विवाद भएपछि पछिल्लो समय तिवारी एक्लैले नेतृत्व गरेर बेटिङ सन्चालन गरिरहेको प्रहरीको भनाई छ।

प्रारम्भिक अनुसन्धान अनुसार तिवारीले सट्टेबाजी गराउने कम्पनीका वेबसाइटमा आफ्नो अकाउन्ट खोलेर नेपालमा स्थानीय एजेन्ट खोज्ने र उनीहरुमार्फत ग्राहक खोजेर सट्टेबाजी गराउने गरेको देखिएको छ।

‘ यो गिरोहले गराउने बेटिङमा २५ हजारदेखि १५ लाखसम्मको बेटिङ भएको पाइएको छ’, काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले भने। बढी रकमको बेटिङ भएको अवस्थामा यो गिरोहले बाहिरका सट्टेबाजलाई ‘फर्वार्ड’ गराउने गरेका थिए। हप्ताभरी हुने सट्टेबाजीको सम्पुर्ण कारोबार हरेक सोमबार होटलमा बसेर हुने गरेको र कारोबारमा बैंकिङ प्रणालीको प्रयोग नहुने गरेको प्रहरीको दावी छ। पक्राउ परेका केसीमाथी म्याच फिक्सिङको मुद्धा विचाराधीन छ।

राष्ट्रिय फुटबल टोलीबाट खेल्दा आर्थिक प्रलोभनको लोभमा खेल मिलेमतो गरेको आरोपमा केसीसहित तत्कालिन राष्ट्रिय कप्तान सागर थापा, रक्षक सन्दीप राई, गोलरक्षक रितेश थापा लगायत खेलाडी पक्राउ परेका थिए।

प्रहरीका अनुसार सट्टेबाजी आरोपमा पक्राउ परेका अभियुक्तको वेबसाइट अकाउन्टमा करडौंको कारोबार भएको पाईएको छ।  तिवारीले महाभुकम्पपछि एक्लैले यो ब्यापारको नेतृत्वको गरिरहेको बताएका छन्। विश्वका  केही देशमा भने सट्टेबाजीलाई कानुनसम्मत मानिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?