स्वास्थ्य क्षेत्रमा ५६ अर्व ४१ करोड ९७ लाख विनियोजन

आमा सुरक्षा भत्ता दोब्बर

आमा सुरक्षा भत्ता दोब्बर
+
-

काठमाडौं – सरकारले स्वास्थ्य सेवालाई सर्वसुलभ, परपर्दो र गुणस्तरीय तुल्याउने प्रतिवद्धता जनाएको छ ।

आधारभूत स्वास्थ्य सेवामा सबै नागकिरको पहुँच पुर्याउन स्वास्थ्य बीमा सेवा मुलुकभर विस्तार गरिने योजना बताएको छ।
आमा र बच्चाको पोषण सुनिश्चित गर्न गर्वावस्थादेखिनै प्रसूती सेवा पुर्याउने उसको भनाई छ ।
त्यस अवस्थामा सरकारले स्वास्थ्य संस्थामा गर्भ जाँच र सुत्केरीलाई दिने यातायात खर्च ( आमा सुरक्षा भत्ता )दोब्बर गरेको छ ।

स्थानीय तहबाट सञ्चालन हुने बहुक्षेत्रिय पोषण कार्यक्रमका लागि सरकारले आवश्यक रकम विनियोजन गरेको छ ।

स्थानीय तहको लागत सहभागितामा आगामी दुई वर्षभित्रमा सबै वडाहरुमा न्युनतम एक स्वास्थ्य संस्था स्थापना गरिने महंत्वकाक्षी लक्ष्य सरकारले लिएको छ ।

पहिलो चरणमा मुलुकका १२ सय वटा वडाहरुमा यस्ता संस्थाहरु निर्माण गर्न स्थानीय तहलाई चार अर्व अनुदान दिने भएको छ ।

सरकारले निशुल्क उपलब्ध गराउने सबै प्रकारका औषधि सबै स्वास्थ्य संस्थामा निरन्तर उपलब्ध हुने व्यवस्था गरिने छ ।

वीर अस्पतालको गुरु योजना अनुसार निर्माण कार्य प्रारम्भ गरिने र उच्च प्रविधि रोग निदानका लागि आधुनिक प्रयोगशाला र मिर्गौला उपचार केन्द्र काठमाडौंमै स्थापना गरिने पनि सरकारको भनाई छ ।

तराई मधेश क्षेत्रमा विशेषगरी थारु समुदायमा देखिने सिकलसेल एनिमियाको अनुसन्धान, पहिचान र उपचारका लागि सेवा विस्तार गरिने छ ।

सबै स्थानीय तहमा कम्तिमा एक चिकित्सक सेवा सुनिश्चित गरिने छ । आधारभूत औषधिहरुमा आत्मनिर्भर हुनका लागि औषधि उत्पादनको क्षेमता वृद्धि गर्न प्रोत्साहित गरिने छ।
एक सय शैया् भन्दा बढी क्षेमता भएका अस्पतालहरुमा विस्तारित स्वास्थ्य सेवा अनिवार्य गरिने छ । ती अस्पतालहरुमा जेष्ठ नागरिक वार्ड समेत विस्तर गरिने छ ।

नीजि क्षेत्रका मेडिकल कलेजहरुको सहकार्यमा दूर्गम क्षेत्रमा विशेषज्ञ सहितको घुम्ती अस्पताल सेवा सञ्चालन गरिने छ । जुन नयाँ कार्यक्रम हो ।

सात वटै प्रदेशमा सरकारीस्तरमा एकएक वटा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान सञ्चालन गर्न थप संस्था खोलने प्रक्रिया अघि बढाइने छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी एकीकृत ऐन ल्याइने छ।

ध्यान र योगको माध्यमबाट स्वस्थ शरीर, सकारात्मक सोच र व्यक्तित्वको विकासका लागि नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिने छ ।

आयुर्वेद औषधिको अनुसन्धानको विकास गर्न र शिक्षा प्रदान गर्न आयुर्वेद विश्वविद्यालय स्थापना गर्नका लागि १० करोड छुट्याइएको छ ।

आयुर्वेदिक होमियोप्याथिक, युनानी अंकुपञ्चर जस्ता वैकल्पिक उपचार पद्धतीलाई एलोपेथिक उपचारसँग एकीकृत गरी स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्गा मिलाइने छ ।

सबै सार्वजनिक स्थलमा धूमपान निषेध गरिनेछ । यस्तै मध्यपान पनि निषेध गरिने छ।
मदिरा र सूर्तिजन्य उत्पादन, आयात तथा बिक्री वितरणलाई कार्यविधि बनाई प्रस्तुत गरिने छ।
महामारी रोग नियन्त्रणको कार्यक्रमलाई प्रभावकारी बनाउने विशेषज्ञ चिकित्सक सहितको द्रत टोली परिचालन गर्ने व्यवस्था मिलाइने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?