विभेद गरेको अभियोगमा गुरुकूलका अध्यक्ष पक्राउ

+
-

भद्रपुर-जातीय बिभेदको अभियोगमा पक्राउ परेका कृष्ण दैर्पायन गुरुकुल वेद विद्याश्रम भद्रपुरको व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईंलाई झापा जिल्ला अदालतले दुई दिन म्याद थप गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाले चापागाईंलाई आज बिहान पक्राउ गरेको हो। वेद विद्याश्रममा दलित विधार्थी विकास कार्कीडोलीलाई भर्ना नलिएर जातीय भेदभाव गरेको भन्दै किटानी जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले छुवाछुत कसुर तथा सजाय ऐन २०६८ अन्तर्गत जातीय छुवाछुत मुद्धाको अनुसन्धान अघि बढाएको छ। विद्यालयको संचालक समितिको शनिवार सम्पन्न विशेष साधारण सभाले समय सापेक्ष र संविधान बमोजिम नै संस्था सञ्चालन गर्ने निर्णय गर्दै विधानमा भएका केही व्यवस्था परिवर्तन गर्न विधान मस्यौदा समिति समेत निर्माण गरिएको बताइएको छ।

सरकारले नेपाललाई २०६८ साल जेठ २१ गते छुवाछुत मुक्त घोषणा गरेको थियो। छुवाछुत कसुर तथा सजाय ऐन २०६८ लागु भएपछि प्रहरीले जातीय भेदभाव र छुवाछुत गर्नेलाई सरकारवादी मुद्धा चलाउने गरेको छ।

जातीय छुवाछुत गरेको प्रमाणित भए ३ महिना देखि ३ वर्षसम्म कैद सजाय वा १ हजारदेखि २५ हजारसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ। यसैगरी विभेद गर्नलाई सहगोग गर्नेलाई १ महिनादेखि १ वर्षसम्म कैद वा ५ सय देखि १० हजारसम्म जरिवाना वा दुबै हुने ऐनमा व्यवस्था छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?