विश्वकप र नेपाली फुटबल

विराज महर्जनलाई झस्काएको त्यो सपना

विराज महर्जनलाई झस्काएको त्यो सपना
+
-

काठमाडौं-  ब्राजिल, जर्मनी वा अर्जेन्टिना या यस्तै विश्वका महारथी टोली विश्व च्याम्पियन बन्ने प्रयास गर्छन्। त्यो नसके महादेशीय च्याम्पियन बन्न।

तर ३७ वर्षयता अन्तर्राष्ट्रिय फुटबल खेलिरहेको नेपालका लागि दक्षिण एसियाली च्याम्पियन बन्नु नै सपना सावित छ। दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपकै रुपमा आयोजना भएको प्रतियोगिता नेपालले अहिलेसम्म जित्न सकेको छैन।

एउटा खेलाडीले राष्ट्रिय टोलीका लागि उपाधि जित्ने हुटहुटी कस्तो हुन्छ, नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनलाई राम्रो थाहा छ।

‘त्यो बंगबन्धु गोल्डकपको उपाधि ! शब्दमा व्यक्त गर्न सक्दिन, त्यसले दिएको खुशी। सायद मेरो जीवनको सबैभन्दा खुशीको क्षण नै त्यही थियो’, सन् २०१६ को जनवरीमा भएको बंगबन्धु गोल्डकप जित्दा नेपाली टोलीका महत्वपूर्ण सदस्य विराज भन्छन्।

नेपालले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २३ वर्षपछि जितेको उपाधि थियो त्यो। त्यसपछि नेपालले दक्षिण एसियाली खेलकुद (साग) फुटबल र सोलिडारिटी कप पनि जित्यो। विराजकै सफलतामा बंगबन्धुको सफलताले नेपाली टोलीमा ‘विनिङ मेन्टालिटी’ बलियो बन्यो।

‘हाम्रो वास्तविक प्रतिस्पर्धा भनेकै साफ फुटबल हो। तर बंगलादेश, माल्दिभ्सजस्ता हामी समान टोलीहरुले उपाधि जितिसक्दा पनि हामी भने उपाधि बिहिन हुँदा सँधै यी कुराले चिमोटि रह्यो’, विराज भन्छन्।

साफ च्याम्पियनसिप सन् १९९३ देखि सुरु भएको हो। सन् १९८३ देखि सुरु भएको दक्षिण एसियाली महासंघ (साफ) गेम्सका सुरुका आठ संस्करणमा फुटबलतर्फ सिनियर टोलीले प्रतिस्पर्धा गर्थे र नेपाल दुई पटक विजेता बन्यो।

नेपाल सन् १९९९ मा नेपालमै भएको साफ गेम्समा फुटबलतर्फ फाइनल पुग्यो तर उपाधि जित्न सकेको थिएन। त्यसयता साफ गेम्स (अहिले साग) मा फुटबलतर्फ यू–२३ राष्ट्रिय टोलीलाई प्रतिस्पर्धा गराउन थालियो। यसकारण सार्क क्षेत्रमा साफ च्याम्पियनसिप मात्र सिनियर टोलीले प्रतिस्पर्धा गर्ने एकमात्र फुटबल प्रतियोगिता बनेको छ।

‘हामीले पनि मिहेनत गरिरहेका थियौं तर रिजल्ट आइरहेको थिएन। बंगबन्धुमा खेल्न जानु अघि विदेशमा जितेर आएको नेपाली क्रिकेट टिमको भब्य स्वागत भएको थियो। नगर परिक्रमा गरिएको थियो’, केही दिनअघि दशरथ इरंगशालामा भेटिएका विराजले भने, ‘त्यस रात मैले पनि नेपाली फुटबल टोलीले अन्तर्राष्ट्रिय उपाधि जितेर त्यसरी नै विमानस्थलमा स्वागत गरिएको र नगरपरिक्रमा गरिएको देखेँ। बिउझँदा झसंग भइयो।’

संयोग नै मान्नुपर्छ, नेपालले लगत्तै बंगबन्धु गोल्डकप जित्यो,नेपाली टोलीको भव्य स्वागत भयो। क्रिकेट टोली जसरी उनीहरुलाई पनि नगर परिक्रमा गराइयो।

‘विमानस्थल ओर्लने वित्तिकै मलाई त्यही सपना याद आयो। त्यसपछि खुसियाली मनाइरहँदा पनि म त्यही सपना सम्झिरहन्थेँ। अहिले पनि लाग्छ, मैले कस्तो विपनामा परिणत हुने सपना देखेछु’, विराज भन्छन्। यो लामो प्रयास, प्रतीक्षा र मिहेनतको फल थियो, जसले नेपाली फुटबलमा प्राण भरिदियो।

नेपाली फुटबलमा समर्थकको कमी छैन। जबजब दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल हुन्छ, नेपाली फुटबल समर्थकको ओइरो लाग्छ। टिकट नै नपाएर सयौैं समर्थक रंगशालाको गेटबाटै फर्किनुपर्ने अवस्था देखिन्छ।

कप्तान विराजले बाल्यकालदेखि यी दृश्य देखे। रंगशाला आसपासकै बासिन्दा भएकाले नेपालमा फुटबल र नेपाली फुटबलको लोकप्रियता उनले राम्रोसँग देखेका छन्, बुझेका छन्। उनी आफैँ पनि फुटबलको वातावरणबीच हुर्किए। दाजु एन्फा एकेडेमीको पहिलो ब्याचका सदस्य थिए। सन् १९९८ को विश्वकप हेर्नका लागि बुवाले टिभी र फ्यान किनेको अहिले पनि उनलाई स्मरण छ। दाजु विक्रम  फुटबलका क्रेजी थिए।

परिवार नै ब्राजिलको फ्यान थियो। उनी पनि परिवारलाई पछ्याएर ब्राजिलको समर्थक भए। विक्रम एन्फा एकेडेमीका लागि छनोट भएकाले आफुलाई फुटबलप्रति मोह बढेको विराज बताउँछन्।

‘दाइ एन्फा एकेडेमीमा छनोट भएपछि उहाँलगायत छनोट भएका सबै खेलाडीलाई दशरथ रंगशालामा फुटबल सामग्री प्रदान गरिएको थियो। बुवा र म त्यहाँ गएका थियौैं। त्यत्रो सामग्री पाएको र ठुला बडाले अब विक्रमको भविस्य बन्यो भनेको सुने। यी कुराले म पनि लोभिएँ’, विराज भन्छन्। एन्फा एकेडेमीको दोस्रो ब्याचमा विराज पनि छनोट भए। उनीहरुलाई ज्ञानोेदय स्कुलमा राखिएको थियो।

स्कुलमा राखिएको टिभिमा बिहान बिहान जहिल्यै चर्चित खेलाडीको बायोग्राफी प्रशारण हुन्थ्यो। विराजहरु त्यो हेर्न छुटाउँदैन थिए। सन् २००२ को विश्वकप हेरेको सम्झनाहरु उनिसँग प्रशस्त छन्। ज्ञानोदयमै विश्वकपका खेलहरु हेरेको याद उनलाई ताजै छ। एन्फा एकेडेमीका खेलाडी भएकाले उनीहरुलाई त्यो सुविधा थियो।

उनी ब्राजिलका रोबर्टो कार्लोसको खेलदेखि प्रभावित भए। ‘कार्लोस डिफेन्डर भएपनि अगाडि बढेर खेल्थे, गोल गर्थे। डिफेन्डरले पनि गोल गर्न सक्छ भन्ने सिँके’, विराज भन्छन्।

संयोग नै भन्नुपर्छ विराज पनि डिफेन्डर बने। विश्वका ठुला टोली र चर्चित खेलाडीका हजारौं,लाखौं समर्थक नेपालमा पनि छन्। र, हरेक विश्वकपले फुटबलको, टिमको र खेलाडीका समर्थक बढाउँछ। फलानो खेलाडीजस्तै म पनि बन्छु भन्नेको संख्या पनि ह्वात्तै बढ्छ।

‘ म पनि कुनै समय समर्थक थिएँ, अहिले पनि कुनै टोलीलाई सपोर्ट गर्छु। तर अहिले कसरी राम्रो खेल्ने भनेर हेर्छु र  राम्रा कुराहरु सिक्छु। हामी खेलाडीले विश्वकपबाट सिक्ने प्रयाश गर्नुपर्छ’, विराज भन्छन्।

उनलाई लोभ लाग्छ– कुनै टिम र खेलाडीको लाखौं समर्थक देखेर। उनलाई थाहा छ– त्यो सजिलै भएको होइन। त्यसमा मिहेनत छ, स्तर छ र सफलता छ।

‘समर्थकले नै त हो खुशी दिने’, विराजले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?