विद्यार्थी संगठनद्धारा आज पोखरामा शैक्षिक हड्ताल

+
-

पोखरा – संयुक्त विद्यार्थी संगठनले आह्वान गरेको शैक्षिक हडतालका कारण सोमबार पोखराका विद्यालयहरु बन्द रहेका छन् । प्रतिपक्षदलका विभिन्न भातृ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गरी शैक्षिक हड्तालको आह्वान गरेका हुन् ।

विज्ञप्तिमा अहिले देश संकटको घेराबन्दिमा छ । देशमा शैक्षिक, आर्थिक र राजनैतिक क्षेत्र जर्जर बन्दै गएको अवस्थामा शिक्षा क्षेत्र दिनानुदिन निजीकरण, व्यापारीकरण र गुणस्तरहीन तर्फ उन्मुख भएको उल्लेख गरिएको छ ।

दक्ष जनशत्ति उत्पादन गर्ने प्रमुख मेरुदण्ड मानिने शिक्षा क्षेत्रमा वर्तमान सरकारले बजेट १३ प्रतिशतबाट १० प्रतिशतमा झारेर शिक्षा क्षेत्रप्रति उदासिन बनेको आरोप विद्यार्थी संगठनले लगाएका छन् ।

विज्ञप्तिमा वर्तमान शिक्षा क्षेत्रका तमाम शैक्षिक विकृति विसंगति निजी विद्यालयहले गरेको चर्को शुल्क वृद्धि, यातायात, पोशाक, प्रकाशन, ट्युसन लगायतमा भएको सिन्डिकेट, श्रम शोषण लगायत विभिन्न बहानमा सरकारी विद्यालयले लिइरहेका शुल्क प्रति सरोकारवालालाई बेला बेला जानकारी गराउँदा समेत चिन्ता र चासो नलिएको उल्लेख गरिएको छ । शैक्षिक क्षेत्रप्रति गम्भीर भएर गुणस्तरीय शिक्षा तिर ध्यान दिन आग्रह गर्दै जेष्ठ २१ गते शैक्षिक हड्तालको आन्दोलन गरिएको जनाइएको छ ।

आन्दोलनमा शिक्षक, विद्यार्थी, शिक्षाप्रेमी, ब्यक्तिहरु, सरकारी र निजी शैक्षिक संस्था र तिनका संचालकहरुलाई आन्दोलन सफल पार्न आग्रह गरिएको छ ।

विज्ञप्ति जारी गर्ने प्रतिपक्ष विद्यार्थी संगठनमा नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम, राजपा विद्यार्थी संगठन, अनेरास्ववियु (पाँचौ) ,अनेरा स्ववियु क्रान्तिकारी, राष्ट्रवादि विद्यार्थी संघ रहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?