सन्दर्भ: विश्‍व वातावरण दिवस

प्लास्टिकको एउटा टुक्रा पनि छैन थिम्पुको ‘छु’ नदीमा

प्लास्टिकको एउटा टुक्रा पनि छैन थिम्पुको ‘छु’ नदीमा
+
-

विर्तामोड-भुटानको राजधानी थिम्पुमा बग्ने ‘थिम्पु छु’ नदी बाह्रै महिना स्वच्छ बगिरहन्छ।सो नदीमा एउटा प्लास्टिकको टुक्रा पनि देख्न पाइन्दैन। तर नेपालका शहरहरुका खोला नदीहरुमा भने प्लास्टिकका प्रयोग भइसकेका झोला तथा अन्य फोहोरले नदी त कुरुप बनाएको छ नै नदीहरुसमेत प्रदूषित छन्।

भुटान सरकारले थिम्पु छु नदीमा फोहोर फाल्न मनाही गरेका कारण उक्त नदी अहिलसम्म स्वच्छ रहँदै आएको छ। नदीको किनारमा जडान गरिएका सिसिटिभी क्यामेराले निगरानी गरिएका कारण पनि उक्त नदीमा फोहोर फाल्न मानिसहरु जान डराउने गरेका छन्।

त्यहाँका मानिसहरु पनि नदीमा फोहोर गर्नु हुँदैन भनेर सचेत रहेको थिम्पुका एकजना पर्यटन व्यवसायी छिरिङ वाङचुक बताउँछन्। उनी भन्छन्, ‘सरकारको कडा नियम र मानिसहरुको चेतनाका कारण अहिलेसम्म यो नदी प्रदुषित छैन।’

सन् २०१५ को जनगणनाका अनुसार थिम्पुमा एकलाख चार हजार मानिसहरुको बसोबास छ। तर उनीहरु घरका ढल उनीहरु आफैं व्यवस्थित बनाउनुपर्ने त्यहाँको व्यवस्था छ। ढल नदीमा मिसाउन पाइन। थिम्पुमा व्यवसाय गर्ने टिआर शर्माका अनुसार नदीमा कसैले फोहोर गरे सरकारले चर्को जरिमाना असुल्ने गरेको छ। उनले भने, ‘जरिमाना तथा अन्य सजायका कारण मानिसहरु नदीमा फोहोर गर्दैनन्।’

भुटानमा बढी जनसंख्या भएको शहर पनि थिम्पु नै हो। अन्य स्थानका नदीहरु पनि उत्तिकै सफा रहने गरेको त्यहाँका स्थानीयबासी बताउँछन्।

तस्बिरहरु- उमाकान्त खनाल/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?