झापामा तापक्रम ३८ डिग्री सेल्सियस, जनजीवन कष्टकर

झापामा तापक्रम ३८ डिग्री सेल्सियस, जनजीवन कष्टकर
+
-

विर्तामोड- झापाको भद्रपुरमा कार्यालय रहेको नेपाल रेडक्रस सोसाइटीले बुधबार मध्यान्ह १२ बजेको रेकर्ड गरेको तापक्रम ३८ डिग्री सेल्सियस थियो। तीन दिनदेखि चर्को घाम लागेका कारण पूर्वी तराईमा गर्मी ह्वात्तै बढेकाले जनजीवन कष्टकर बन्दै गएको छ।

मानिसहरुलाई घर बाहिर निस्कन गाह्रो भइरहेको छ। घर भित्र पनि पंखा वा एयर कन्डिसनमा बस्नुपर्ने अवस्था छ। सडकहरुमा मानिसहरु छाताको सहाराले हिँडिरहेका भेटिन्छन्। बजार तथा पसलहरुमा मानिसहरुको घुईंचो कम छ।

विर्तामोडको मुक्ति चोकको पूर्वपट्टि मारवाडी युवा मञ्चले व्यवस्था गरिदिएको पिउने पानीमा मानिसहरुले तिर्खा मेटाइरहेका थिए। कतिपय मानिसहरु नरिवलको पानी पिइरहेका भेटिए भने कतिपय अन्य चिसो पेय पदार्थ पिएर शरीर चिसो बनाइरहेका थिए।

विद्यार्थीहरु कक्षा कोठा भन्दा बाहिर निस्कन नसकिरहेको शिक्षकहरुले बताएका छन्। विर्तामोडमा रहेको लिटल फ्लावर अंग्रेजी विद्यालयका शिक्षक विज्ञान खड्काले अचाक्ली गर्मीका कारण विद्यार्थीलाई कक्षा कोठामै पंखामा बस्न भनिएको बताए।

गर्मीका कारण मानिसहरुको आवागमन कम भएको विर्तामोडका व्यवसायीहरुले बताएका छन्। चेम्बर अफ कमर्स विर्तामोडका अध्यक्ष सन्तोष अग्रवालका अनुसार गर्मीका कारण चिसो पेय पदार्थको विक्री तीन दिनदेखि ह्वात्तै बढेको छ।

नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले यस्तै गर्मी केही दिन लम्बिए मानिसहरु अति प्रभावित हुने बताए। उनले घाममा बाहिर ननिस्कन मानिसहरुलाई आग्रह गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?