तालिम दिन आएका सशस्त्रका सिपाहीको मृत्यु

+
-

बिर्तामोड- झापाको अर्जुनधारा नगरपालिकामा बुधबार राति सशस्त्र प्रहरीका एक सिपाहीको मृत्यु भएको छ। होटलको तेस्रो तलामा सुतेका उनको लजबाट झरेर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ।

अर्जुनधारा नगरपालिकाले आयोजना गरेको ‘बिपद प्रतिकार्यका लागि समुदायमा आधारित खोज तथा उद्दार तालिमका प्रशिक्षक समेत रहेका शसस्त्र प्रहरीको बराह बाहिनी सुनसरीमा कार्यरत ३२ बर्षिय अर्जुन बस्नेतको मृत्यु भएको हो।

अर्जुनधारा नगरपालिकाले आगलागी नियन्त्रण, भुकम्प पछिको उद्दार र राहत, बाढीबाट जोगाउन गरिने उपायको बारेमा स्थानीय १ सय २० जना युवालाई तालिम प्रदान गर्दै आएको थियो।

तेस्रो दिनको तालिम समापन पछि होटलमा बसेका बस्नेत होटलको अगाडि अचेत अवस्थामा फेला परेका थिए। अचेत अवस्थामा रहेका बस्नेतलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

राति ११ बजे खान्की होटलमा सुतेका उनीहरुले १२ बजे होटलको बाहिर आफ्ना सहकर्मी बस्नेत छटपटाइरहेको देखेपछि उपचारका लागि अस्पताल तर्फ लगेका हुन्। नगपालिकामा कार्यरत एकजना कर्मचारीले देखेर अन्य प्रहरीलाई खबर गरेपछि बस्नेतको उद्दार गरिएको थियो।

बिर्तामोड प्रहरीका इन्स्पेक्टर ज्ञानबहादुर बिष्टले बस्नेत होटलको तेस्रो तलाबाट झरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए। बस्नेतको शबलाई पोष्टमार्टमको लागि धरान लगिएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाको वास्तविकता थाह हुने उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?