
काठमाडौँ – बिहीबारदेखि रुसमा सुरु हुने विश्वकप फुटबलले विश्वको ध्यान तानेको छ। प्रतियोगितामा सहभागी हुने ३२ टोली अन्तिम तयारीमा ब्यस्त छन्।
यतिबेला सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपको तयारीमा नेपाली खेलाडीहरु राष्ट्रिय टोलिमा पर्न मिहेनत गरिरहेका छन्। उनिहरुलाई अर्कातर्फ विश्वकपले छपक्कै छोपेको छ।
हामीले नेपाली सिनियर राष्ट्रिय टोलीका चार जना गोलकिपर (विशाल श्रेष्ठ पछिल्लो नेपाली टोलीमा थिएनन्)सँग विश्वकप सन्दर्भमा कुरा गरेका छौं।
किरण चेम्जोङ ( राष्ट्रिय टोलीको पहिलो रोजाईका गोलरक्षक)
विश्वकप जित्न सक्ने शीर्ष तीन टोली
१.ब्राजिल- पछिल्ला मैत्रिपुर्ण खेलहरु हेर्दा चार वर्षअघि जर्मनीजस्तो देखिन्थ्यो अहिले ब्राजिल त्यस्तै छ। उनीहरुको टिमवर्क राम्रो देखिएको छ।
२.जर्मनी- जर्मनी सँधै राम्रो टिम हो। विश्वकपमा हरेक पटक उपाधि दाबेदारी गर्दै आएको छ। टिमवर्क उनीहरुको बलियो पक्ष हो।
३.अर्जेन्टिना- लियोनल मेसी भएकाले अर्जेन्टिना पनि दाबेदार हो। मेसी एक्लैले पनि विश्वकप जिताउन सक्छन्।
मन पर्ने टोली : स्पेन
मन पर्ने शीर्ष तीन खेलाडी
१.डेभिड डे जिया (स्पेन)
२.मानुयल नुयर (जर्मनी)
३.ह्युगो लोरिस (फ्रान्स)
विकेश कुथु (राष्ट्रिय टोली र नेपाल आर्मीका गोलरक्षक)
विश्वकप जित्न सक्ने शीर्ष तीन टोली
१.ब्राजिल- म बच्चैदेखि ब्राजिलको समर्थक हुँ। ब्राजिलले जितोस् र जित्छ भन्नेमा विश्वस्त छु।
२.स्पेन- ब्राजिलपछि दोस्रो राम्रो टोली स्पेन हो। युरोपका क्लब फुटबल प्रतियोगितामा सफलता हात पारेका खेलाडी स्पेनमा छन्।
३.जर्मनी- टिमवर्क राम्रो छ। हरेक टोली जर्मनीसँग डराउँछन्।
मनपर्ने टोली : ब्राजिल
मन पर्ने शीर्ष तीन खेलाडी
१.एलिसन (गोलरक्षक,ब्राजिल)
२.मार्सेलो (रक्षक,ब्राजिल)
३.नेमार (स्ट्राइकर,ब्राजिल)
विशाल श्रेष्ठ ( राष्ट्रिय फुटबल टोली र मनाङ मर्स्यांदीका गोलरक्षक)
विश्वकप जित्न सक्ने शीर्ष तीन टोली
१.ब्राजिल- बच्चैदेखि मन पराएको भएर ब्राजिलले हरेक विश्वकपमा जितोस् भन्ने चाहन्छु। र उनिहरु पहिलो दाबेदार टोली पनि हो।
२.स्पेन-स्पेनका गोलकिपर र डिफेन्स बलियो छ। केही युवा खेलाडी निकै राम्रा छन्।
३.अर्जेन्टिना- मेसीले एकपटक विश्वकप जितोस् भन्ने चाहन्छु।
मनपर्ने टोली : ब्राजिल
मनपर्ने शीर्ष तीन खेलाडी
१.नेमार (स्ट्राइकर,ब्राजिल)
२. लियोनल मेसी (स्ट्राइकर,अर्जेन्टिना)
३.थिबट कुर्तोइस (गोलरक्षक,बेल्जियम)
एलन न्यौपाने (राष्ट्रिय फुटबल टोली र थ्रीस्टारका गोलरक्षक)
विश्वकप जित्न सक्ने शीर्ष तीन टोली
१.जर्मनी- मानुएल नुयरजस्ता उत्कृष्ट गोलकिपर जर्मनीमा छन्। जर्मनीको टिमवर्क र खेल्ने शैली राम्रो छ।
२.स्पेन- स्पेनका गोलरक्षक डेभिड डे जिया पनि निकै राम्रा छन्। खासगरी म गोलरक्षक भएकाले गोलरक्षक राम्रो हुने टिम बलियो लाग्छ। स्पेनले पछिल्लो समय निकै राम्रो पनि खेलिरहेको छ।
३.ब्राजिल- नेमारलगायतको युवा टिम ब्राजिललाई विश्व विजेता बनाउन तयार छ। टिमवर्क बढाउने हो भने ब्राजिललाई विश्वकप विजेता बन्नबाट रोक्न गाह्रो पर्ने छ।
मनपर्ने टोली : जर्मनी
मनपर्ने खेलाडी
१.मानुएल नुयर
(जर्मनी)
२.डेभिड डे जिया (स्पेन)