‘श्रम ऐनले चिया उद्योग संकटमा’

‘श्रम ऐनले चिया उद्योग संकटमा’
+
-

विर्तामोड – चिया उद्योगमा काम गर्ने मजदुरले पर्याप्त ज्याला मजदुरी पाउँदा पनि चिया उद्योगलाई संकटमा पार्ने गतिविधि सरकारबाट भइरहेको चिया उद्योगीहरुले बताएका छन्।

चिया उद्योगहरुका अनुसार चिया बगानमा काम गर्ने मजदुरले औसतमा दिनमा तीन सय रुपैयाँ कमाइ गरिरहेका छन्। श्रम ऐनले भने दैनिक ८ घन्टा काम गरेवापत दुई सय ७८ रुपैयाँ पाउनुपर्छ।

चिया उद्योगीहरुका अनुसार ८ घन्टामा गर्नुपर्ने कामको भार मजदुरले करिब ४ घन्टामै गरिरहेका छन्। त्यसपछि उनीहरुको काम गरेको समय अतिरिक्त समय भनेर परिभाषित गरिने गरिएको छ।

श्रम ऐन २०७४ आउन अघि चिया क्षेत्रका लागि छुट्टै व्यवस्था रहेको चिया नीति थियो। तर नयाँ श्रम ऐन आएपछि उक्त चिया नीति खारेज गरिएकाले चियालाई अन्य उद्योग सरहमा राखिएको उद्योगी बताउँछन्। जस्का कारण चिया व्यवसाय नै धरापमा पर्दै गएको एकजना चिया उद्योगी कुमार गिरीले बताए।

गिरीले भने, ‘अन्य उद्योग सरह हामीलाई हेरिनु भएन। विगतको चिया नीतिले के विगारेको थियो र हटाउनुपर्यो? उनले नयाँ श्रम ऐन चिया क्षेत्रमा लागु भए चिया बगान उखेल्न बाहेक अरु विकल्प नभएको बताए।

कामदारले काम थालेको दिनदेखि नै सञ्चयकोष र उपदान पाउने व्यवस्था नयाँ श्रम ऐनले गरेको छ। यो सुविधा पाउनका लागि अब स्थायी हुनुपर्ने छैन। नयाँ श्रम ऐन२०७४ ले सबै कामदारलाई सामाजिक सुरक्षाको व्यवस्था गरेको छ।

यसअघिको ऐनले कामदार स्थायी भइसकेपछि मात्रै सञ्चयकोष र उपदान पाउने व्यवस्था थियो। स्थायी र अस्थायी कामदारको सट्टा अबदेखि नियमीतकार्यगत,समयगत आकस्मिक र आंशिक कामदारको रूपमा वर्गीकरण गरिएको छ। तर चिया क्षेत्रमा सिजन अनुसार कामदार लगाइने भएकाले उक्त श्रम ऐनमा राखिएको व्यवस्था चिया क्षेत्रका लागि प्रतिकूल भएको अर्का चिया उद्योगी विनय पोखरेलले बताए।

उनले भने, ‘यि सबै प्रावधान हामीलाई पनि लागु हुने हो भने हामी बाँच्न सक्दैनौं र मजदुर पनि बचाउन सक्दैनौं।  

मजदुर छैनन्मेसिन चलाउन थालियो


पछिल्लो समय मजदुर अभावलाई परिपूर्ति गर्न चिया उद्योगीहरुले मेसिन भित्र्यिाउन थालेका छन्। मेसिनको प्रयोग गरेर चिया टिपाई गर्दा मजदुर र मालिक दुवैलाई फाइदा हुने गरेकाले उपकरणको प्रयोग गर्न थालिएको चिया उद्योगीहरुले बताएका छन्।

छिमेकी मुलुकहरु भारत तथा श्रीलंकामा धेरै अगाडिदेखि मेसिनबाट चिया पत्ती टिप्ने गरिए पनि नेपालमा भने मेसिन ल्याउन थालिएको करिब दुई वर्ष मात्र भएको टोक्ला चिया बगानका म्यानेजर राजु सिन्हाले बताए । अहिले उक्त वगानमा ४० वटा मेसिनले चिया पत्ती टिप्ने काम भइरहेको सिन्हाले बताए ।

हातले चिया टिप्दा एक जना मजदुरले २६ किलो पूरा गरेपछि सरकारले तोकेको ज्याला २ सय ७८ रुपैयाँ प्राप्त गर्छन् भने त्यसपछि टिपेको पत्तीमा प्रति किलो २ रुपैयाँ ५० पैसा पाउने गरेका छन् । तर मेसिनमा भने एक ब्यक्तिको भागमा ६५ किलो पुरा गर्दा २ सय ७८ रुपैयाँ पाउने गरेको र त्यसपछि प्रति किलो २ रुपैयाँ प्राप्त गर्ने टोकला चिया बगानमा २५ वर्षदेखि काम गर्दै आएकी द्वारिका गुरुङले बताइन् ।

मेसिनले पत्ती टिप्दा शिल्पी मजदुरलाई पनि फाइदा भएको छ। सोही बगानमा कार्यरत अर्की मजदुर इन्दीरा नेपाल भन्छिन्, ‘मेसिन आएपछि धेरै सजिलो भएको छ। काम पछि छिटो हुने आम्दानी पनि राम्रो गर्न सकिन्छ।

मान्छेले भन्दा मेसिनले चार गुणा बढी काम गर्ने चिया उद्योगीहरुको भनाई छ। चिया उद्योगी कुमार गिरीका अनुसार अहिलेको अवस्थामा चिया उद्योगलाई बचाउनका लागि यो मेसिन बरदान सावित भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?