होटल तथा पसलबाट सूर्तिजन्य पदार्थ बरामद

झापामा मदिरा र सूर्ति बेच्‍न रोक

झापामा मदिरा र सूर्ति बेच्‍न रोक
+
-

विर्तामोड-जिल्ला प्रशासन कार्यालय झापा, जनस्वास्थ्य कार्यालय तथा नेपाल प्रहरीले अस्पताल तथा शिक्षण संस्थाहरु नजिकमा रहेका पसलहरुमा मदिरा तथा सूर्तिजन्य पदार्थको खुल्ला विक्रीमा कडाई गर्न सुरु गरेको छ।

आइतबार विर्तामोडका अस्पतालका १ सय वरपरका पसलहरुबाट त्यस्ता पदार्थ बरामद गरी इलाका प्रहरी कार्यालय विर्तामोडमा नष्ट गरिएको छ।

विर्तामोडको विर्तासिटी अस्पतालको सय मिटर वरपर रहेका होटल तथा पसलहरुमा बिक्रीका लागि राखिएका मदिराजन्य तथा सूर्तिजन्य पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको २१ बोतल बियर प्रहरीले पोखेको छ भने १ कार्टुन सूर्तिजन्य पदार्थ डढाइएको छ।

मदिरा र सूर्तिजन्य पदार्थ बरामद गरिएका पसल तथा होटल सञ्चालकलाई अब उपरान्त बिक्री नगर्न सचेत गराइएको इप्रका विर्तामोडका डिएसपी कोइरालाले बताए ।

विर्तामोड नगरपालिका र उद्योग वाणिज्य संघले नै अस्पताल वरपरका होटललाई मदिरा बिक्री गर्न अनुमति दिएको पाइएको प्रहरीले भनाइ छ।

अब उक्त चेकजाँचलाई नियमित बनाइने डिएसपी कोइरालाले बताए। अस्पताल तथा शिक्षण संस्थाको १ सय मिटर वरपर मदिरा तथा सुर्ती बेच्न कानुनले बन्देज लगाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?