तारबारमा करेन्ट छैन, बाहुन्डाँगीमा हात्ती पुनः पस्न थाले

तारबारमा करेन्ट छैन, बाहुन्डाँगीमा हात्ती पुनः पस्न थाले
+
-

बाहुनडाँगी – भारतबाट आउने हुलका हुल जंगली हात्तीलाई रोक्नका लागि तीन बर्ष अघि लगाइएको तारबारका कारण अहिलेसम्म ढुक्क थिए मेचीनगर नगरपालिका ४ आमडाँगीका दिलबहादुर सुनुवार। तारबार लगाइएपछि हात्तीका हुल आउन पाएका थिएनन्।

तर अहिले आएर त्यही तारबारले काम नगरिदिँदा उनी लगायत झापा बाहुनडाँगीका बासिन्दा निद्रा हराएको छ। कतिबेला पुनः हात्तीको हुल आएर घर भत्काइदिने हो कि भन्ने चिन्ता बढेको बाहुनडाँगीबासी बताउँछन्।

सुनुवारले भने, ‘जब तारबार लगाइयो त्यसबेलादेखि हात्तीका हुल आउन बन्द भयो। केही हात्ती त छिर्थे तर तिनीहरुले हुलले जस्तो बिगार गर्न पाउँदैनथे। अहिले आएर तारबारमा विद्युत नपुगेकाले हामी पुनः समस्यामा पारिदिएको छ।’

अर्का स्थानीयबासी राजकुमार थेबेका अनुसार पहिला पहिलाको तुलनामा क्रमशः विद्युतीय तारबारको क्षमतामा ह्रास आउँदै गएको छ। उनले तारबारमा विद्युत सञ्चालनमा प्रयोग भएका व्याट्रीको क्षमता घट्दै गएको बताए। थेबेले भने, ‘पिहला त विद्युतीय तारबारमा पर्याप्त करेन्ट भएकाले हात्तीले तार छुन डराउँथ्यो। जब करेन्ट नै नभएपछि हात्ती सिधै गाउँ पस्न थालेको छ।’

एक दुईवटा हात्ती स्थानीयबासी खासै समस्या मानेका छैनन्। तर हुलनै आउन थालेपछि उनीहरुलाई चिन्ता थपिदिएको हो। सौर्य विद्युत प्रणालीबाट तारबारमा विद्युत छोडिने उक्त तारबारमा समस्या आएको जिल्ला बन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले जानकारी दिए।

मेची नदी किनारमा लगाइएको विद्युतीय तारबार। तस्बिर : उमाकान्त खनाल/देश सञ्चार

सुवेदीले भने, ‘तारबारमा छुने गरि घाँसपात पलाएकाले पनि समस्या आएको हो। तारबार मर्मत र व्याट्री परिवर्तन गर्ने बेला भएको छ। त्यस्का लागि दुई करोड रुपैयाँ बजेटको व्यवस्था हुँदैछ।’

भारतबाट आउने जंगली हात्तीको हुल रोक्न झापाको बाहुन्डाँगीमा विद्युतीय तारबारको निर्माणको काम तीन वर्ष अघि तत्कालीन वनमन्त्री महेश आचार्यले सुरु गरेका थिए।

इलामको जिर्मलेस्थित दुधे टोलबाट बाहुन्डाँगी हुँदै नकलबन्धा भेट्ने गरी मेची नदीको नेपाल पट्टिको किनारमा १८ किलोमिटर क्षेत्रमा विश्व बैंकको आर्थिक सहयोगमा विद्युतीय तारबार लगाइएको हो।

एक करोड ५० लाख रुपैयाँको लागतमा बनेको उक्त तारबारको रेखदेख भरपर्दो नभएका कारण तारबारले काम गर्न छोडेको स्थानीयबासीको भनाई छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?