विपत न्यूनीकरण र व्यवस्थापनका लागि सचेतनाको खाँचो-मुख्यमन्त्री

विपत न्यूनीकरण र व्यवस्थापनका लागि सचेतनाको खाँचो-मुख्यमन्त्री
+
-

पोखरा- प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले विपत न्यूनीकरण र विपत ब्यवस्थापनमा प्रभावकारिता ल्याउने सबैको साझा दायित्व भएको भन्दै हातेमालो गरेर अघि बढ्नु पर्ने बताएका छन्।

नेपाल सरकार गृह मन्त्रालयको आयोजना तथा युएनडीपीको प्राविधिक सहयोगमा पोखरामा विपत जोखिम न्यूनीकरण तथा व्‍यवस्थापन विषयमा रणनीतिक कार्ययोजना तयार पार्ने उद्देश्यले आयोजित अन्तक्रिया कार्यक्रम बोल्दै उनले सो कुरा बताएका हुन्।

कार्यक्रममा बोल्दै प्रदेश नं ४ मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ्गलेका विपत ब्यवस्थापन सबैको साझा दायित्व भएको बताए। उनले विपत व्‍यवस्थापनकोलागि जिल्लामा छुट्टै संरचनाको खाँचो नरहेको भन्दै तीन तहको सरकारको समन्वयबाटै विपत र जोखिम न्युनिकरणमा केन्द्रित रहेर त्यसको व्‍यवस्थापनका लागि प्रभावकारी रुपबाट काम गर्ने सकिने बताए।

गुरुङ्गले सरकारको मात्रै मुख ताक्ने प्रवृत्तिको अन्त्य गर्दै स्थानीय सरकारले पनि आफ्नो भूमिका निर्वाह गर्नेु पर्ने बताए। उनले विपत जोखिम न्युनिकरणकालागि हरेक व्‍यक्तिले दैनिक रुपमा सानासाना पूर्व तयारीका कुराहरु समेत प्राथमिकतामा राख्नु पर्ने र तल्लो तहसम्म चेतना पुर्‍याउनु पर्ने बताए।

आन्तरिक मामिला तथा कानुन मन्त्री हरी बहादुर चुमानले विपत जोखिम न्यूनिकरणमा प्रत्यक्ष रुपमा खटिने विभिन्‍न सुरक्षा निकाय तथा अन्य सरोकारवाला कार्यालय तथा संस्थाहरुको कार्यविभाजन गरि सम्बन्धित निकायको भुमिकाको विषयमा समेत कानुनी रुपमै ब्यवस्था गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा उपस्थित सरोकारवाला निकायका पदाधिकारहरु आगामि दिनका जोखिम न्यूनिकरण एवं ‍ व्‍यवस्थापनका लागि पर्याप्त स्रोत साधनको ब्यवस्था गरिनुपर्ने, आवश्यक तालिमप्राप्त जनशक्तिको व्‍यवस्था, पर्याप्त चेतनाको अभिवृद्धि साथै पूर्व तयारिका सबै कामहरु गरिनुपर्ने तथा स्थानीय सरकारलाई नै विपतको न्युनिकरण एवं ब्यवस्था, पर्याप्त चेतनाको अभिवृद्धि साथै पूर्व तयारीका सबै कामहरु गरिनुपर्ने तथा स्थानीय सरकारलाई नै विपत न्युनिकरण एवम् ब्यवस्थापनमा जवाफदेहि बनाउनु पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा प्रदेश नं ४ अन्तर्गत विभिन्न मन्त्रालयका मन्त्रिहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, नेपाल रेडक्रस, नेपाल स्काउट पत्रकार लगायतको उपस्थिति रहेको थियो।

नेपाल सरकारको तथ्यागंक अनुसार प्राकृतिक विपत्तिका कारण प्रतिवषै ९ सय जनाको मृत्यु हुने गरेको र कृतिम विपत्तिकका कारण हरेक वर्ष २ हजार जनाको मृत्यु हुने गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?