
पोखरा – पोखराको मालेपाटनमा बुधबार बेलुका भएको दुर्घटनामा घाइते मोटरसाइकल चालक धनबहादुर छन्त्यालको पनि मृत्यु भएको छ ।
बुधबार बेलुका ग १ ख २८९६ नम्बरको पानि बोक्ने ट्याङ्करसँग उनी सवार मोटरसाइकल ठोकिएको थियो । दुर्घटनामा घाइते भएका छन्त्यालको बिहीबार बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार म्याग्दी दानाकी २५ वर्षिय विन्दा थापाको अस्पताल लैजाँदै गर्दा बुधबार बेलुका नै मृत्यु भएको थियो । थापा अन्नपूर्ण गाउँपालिका ७ स्थित घराम्दी आधारभुत विद्यालयकी शिक्षिका हुन् भने धनबहादुर छन्त्याल मंगला गाउँपालिका ४ स्थित विश्व ज्योति आधारभुत विद्यालयका शिक्षक हुन् ।
काम विशेषले पोखरा आएका उनीहरु चढेको मोटरसाइलक पोखराको मालेपाटनमा पानी ट्याकंरमा ठोक्किन पुग्दा दुर्घटना भएको थियो ।
उनीहरुको शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख ऐनबहादुर मल्लले जानकारी दिए ।