डा. केसीको समर्थन

आकस्मिक बाहेकका सेवा ठप्प पार्दै प्रदर्शनमा उत्रिए जुम्लाका चिकित्सक, नर्स र विद्यार्थी

आकस्मिक बाहेकका सेवा ठप्प पार्दै प्रदर्शनमा उत्रिए जुम्लाका चिकित्सक, नर्स र विद्यार्थी
+
-

काठमाडौँ – जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्स तथा विद्यार्थीले डा. गोविन्द केसीको समर्थन गर्दै आन्दोलनमा उत्रिएका छन् ।

चिकित्सा शिक्षा अध्यादेशमा भएको महत्वपूर्ण विषय फेरबदल नगरी प्रतिस्थापन विधेयक जारी गर्नु पर्ने मागसहित चार दिनदेखि जिल्ला खेलकुद विकास समिति जुम्लाको कवर्ड हलमा अनशनरत डा. गोविन्द केसीको समर्थनमा प्रतिष्ठानका चिकित्सक, नर्स र विद्यार्थी मंगलबार आकास्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्।

डा. केसीको आधारभूत मानवअधिकार समेत सरकारले हनन गरेको भन्दै प्रतिष्ठानका चिकित्सक मौन प्रर्दशनमा उत्रिएका छन्।

तस्बिर साैजन्य : किशोर केसी

उनीहरुले डा. केसीले उठाएका माग सरकारले पुरा गर्नु पर्ने भन्दै हातमा कालो पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका हुन् ।  चिकित्सकको प्रदर्शनका कारण प्रतिष्ठानको सेवा भने प्रभावित बन्न पुगेको छ।

यता डा. केसीको जीवन सुरक्षाका लागि उनलाई कवर्ड हलबाट अस्पताल सार्न जिल्ला प्रशासन कार्यालयले अझै अनुमति दिएको छैन ।

चिसो भूँई, पानी चुइने र फोहोर हलमा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनको उपचारका लागि समर्थक चिकित्सकले उनलाई अस्पताल सार्नु पर्ने माग प्रशासनसमक्ष राख्दै आएका छन् ।

तस्बिर साैजन्य : किशोर केसी

तर प्रशासनले केन्द्रबाट निर्देशन नआएको भन्दै डा. केसीलाई कवर्ड हलमै प्रहरी घेरामा राखेको छ । शनिबार डा. केसीले अनशन थाल्नु भन्दा केही बेर अघि मात्रै प्रहरीले उनलाई निषेधित क्षेत्रको अवज्ञा गरेको भन्दै नियन्त्रणमा लिएको थियो ।

हिरासतमै डा. केसीले अनशनको घोषण गरेपछि उनलाई कवर्ड हलमा ल्याएर छोडे पनि  प्रहरीले घेरिरहेको समर्थक किशोर केसीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?