
पोखरा- तमुवान सङ्हर्स समितिले पहिचानसहितको गण्डकी तमुवानको माग गर्दै आन्दोलनको गर्ने चेतावनी दिइरहेका बेला अन्तत: प्रदेश ४को नाम गण्डकी प्रदेश सर्वसम्मतिले पारित भएको छ। शुक्रबार बसेको प्रदेश-४ को संसद बैठकमा मतदानपछि बहुमतले पारित भएको हो।
मतदानमा ५६ जना सांसदमध्ये मध्ये ५४ जना सांसदले गण्डकी प्रदेशको पक्षमा मत खसालेका थिए। यसको विपक्षमा भने दुई मत परेको थियो।
प्रदेश ४ को नाम गण्डकी पारित भएसँगै नेपाल कम्युनिष्ट पार्टि(नेकपा)को नाममा विज्ञप्ति जारी गर्दै संसदमा प्रतिनिधित्व गर्ने राजनितिक दलका सांसदले उत्सव मनाउने तयारी गरेका छन्।
विज्ञप्तीमा थप भनिएको छ, ‘यस अवसरमा सम्पूर्ण माननीय सांसद, आदरणीय जनसमुदायमा हामी हार्दिक आभार प्रकट गर्दे धन्यवाद ज्ञापन गर्दछौँ । यस उपलक्ष्यमा सम्पूर्ण पार्टी कमिटीहरु, पार्टी सदस्यहरु, जनसंगठन लगायत जनसमुदायले उक्त निर्णयलाई हार्दिक स्वागत गर्दै आ–आफ्नो क्षेत्रमा विजय उत्सव मनाउन, दिप प्रज्वलन गर्न सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ।’
प्रदेश ४ ले यसअघि नै स्थायी राजधानी पोखरालाई तोक्ने निर्णय गरिसकेको छ ।