वरिष्ठ अधिवक्ता भण्डारीको आक्रोश

‘माफियाको नाइके बन्‍न खाेजे ओलीको पनि लोकमानकै जस्ताे हालत हुन्छ’

+
-

काठमाडौँ-वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले गोविन्द केसीका माग सुनुवाई नगरेर केपी ओली राष्ट्र र जनविरोधी बनेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा र्‍यालीलाई संबोधन गर्दै अधिवक्ता भण्डारीले भने, ‘कस्तो कानून बनाउने हो संसदको कुरा हो । डा. केसीले सिकाउने हैन भन्ने उहाँहरुको तर्क छ । केपी ओलीले संविधान पढ्न र बुझ्न बाँकी छ । उहाँलाई म पहिले संविधान पढ्न आग्रह गर्दछु ।’

सार्वभौम सत्ता सम्पन्न नागरिकहरुले कस्तो कानून चाहिन्छ भनेर माग गर्न पाउने भन्दै हस्तक्षेप भयो भनेर संससदका माफियाको नाइके बन्न ओली र प्रचण्डले खोजेको आरोप लगाए ।

‘संसद पनि आफ्नो पार्टीको अंग हो भन्ने ठानिरहेका छन्, जनताको ताकत बिर्सिए । पहिला लोकतन्त्र के हो त्यो कुरा बुझनुस्, नागरिकको आवाज सुन्नुपर्छ’, अधिवक्ता भण्डारीले भने, ‘यो त्यतिकै उठेको विरोध हैन, माथेमा प्रतिवेदनका आधारमा आएको मुभमेन्ट हो । राज्यको विकास काठमाडौंमा मात्रै गरेर पुग्दैन । मेडिकल शिक्षा पढ्ने अधिकार प्रत्येक नागरिकको हो ।’

पछिल्लो समय ओली गोविन्द केसीका मागबारे जथाभावी बोल्दै हिँडेको भन्दै नसुध्रिए लोकमानकै हालत हुने चेतावनी दिए। केसीको पछाडि ३ करोड जनता रहेको भन्दै केसीलाई छोए जनता विरोधमा उत्रिने बताए । उनले भने, ‘वार्ताका लागि केसीलाई जुम्लाबाट उठाउँनु पर्दैन । हामी यही छौं वार्ता गर्नका लागि ।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?