२१ दिनदेखि बेपत्ता अधिकृत पौडेलको शव सेती नदी किनारमा भेटियो

२१ दिनदेखि बेपत्ता अधिकृत पौडेलको शव सेती नदी किनारमा भेटियो
+
-

पोखरा- असार ९ गतेदेखि बेपत्ता पोखरा महानगरपालिकाकाे सामाजिक महाशाखाका वरिष्ठ सूचना अधिकृत ओमराज पौडेलको २१ दिनपछि शव फेला परेको छ ।

शनिबार बिहान तनहुँको भिमादबाट उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । भिमाद नगरपालिका वडा नं ६ स्थित सेती नदीमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो ।

असार ९ गते बिहान घरबाट हिँडेका पौडेलले महेन्द्र पुलस्थित सेती नदीमा हाम फालेको प्रहरीले निष्कर्ष निकालेको थियो । हराइरहेका पौडेल २१ दिनपछि मृत भेटिएका हुन् ।

पौडेलको शवलाई सेती नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीमा खबर गरेका थिए।

पौडेल हराएको लामो समय बितिसकेकाले शव गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । पौडेलले ‘घरमा परिवारको लागि केही गर्न सकिन’ भनेर लेखेर छाडेको परिवारले जनाएको छ ।

उनको शवलाई आफन्तले पहिचान गरेपछि पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा लगिएको छ।

पौडेलले घर छाडनु अघि एउटा पत्र लेखेर छोडेका थिए । पत्रमा लेखिएको थियो ‘कठै उर्मिला, तिमिले यति धेरै माया दिँदा पनि जीवनभर साथ दिन सकिनँ । ३ वटा कोपिला तिम्रो जिम्मामा छाडेर जाँदैछु । राम्रोसँग बसे चारै जना । अलविदा ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?