पोखरामा प्लास्टिक पेलेर सडक कालोपत्रे

पोखरामा प्लास्टिक पेलेर सडक कालोपत्रे
+
-

पोखरा – पोखरामा नयाँ प्रविधिको प्रयोग गरेर सडक कालोपत्रे गरिएको छ । पोखराका ईन्जिनियर दुई युवाले प्लास्टिक प्रयोग गरेर सडक कालोपत्रे गर्न सकिने उदहारण प्रस्तुत गरेका हुन् ।

ग्रिन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीका युवाले प्लास्टिक पेलेर सडक कालोपत्रे गर्ने प्रविधि प्रयोग गरेर नमुना योग्य कार्यको उद्घाटन गराएका छन् । भुटानमा सिकेको एक हप्ते तालिमबाट मेकानिकल ईन्जिनियर विमल बास्तोला र सिभिल इन्जिनियर राजीव सुवेदीले उक्त प्रविधिबाट सडक कालोपत्रे गरेका हुन् ।

कम्पनीले बास्तोला र सुवेदीलाई उक्त एक हप्ते तालिम लिन भुटान पठाएको थियो । पोखरा १४ अनुपम मार्गमा प्लास्टिक पेलेर १ सय मिटर सडक कालोपत्रे गरिएको छ ।

उक्त सडकको प्रदेशसभा सदस्य विन्दु कुमार थापा र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरे । प्रदेश सभा सदस्य थापाले सडक कालोपत्रेको नविनतम प्रयोगले वातावरण प्रदुषणलाई कम गर्ने भन्दै यो उपयोगी हुने बताए । मेयर जिसीले प्लाष्टिक पेलेर सडक कालोपत्रे गर्ने प्रविधिले वातावरणीय प्रदुषणको मात्रा घटाउन उपयोगी हुने बताए ।

फोहोरका रुपमा फालिने र ब्यवस्थापनमा समेत कठिन मानिने प्लास्टिकको प्रयोगले सडक कालोपत्रे गर्ने प्रविधि बलियो र टिकाउ हुने युवाहरुको दाबी छ ।

एक सय मिटर सडक कालोपत्रे गर्न ३ सय केजी प्लास्टिक आवश्यक पर्ने इन्जिनियर राजीव सुवेदीले जानकारी दिए । उनले भने ‘यसको प्रयोग भएको सडकमा पानी सोसिन्न तैरिएर जान्छ, अरु सडक भन्दा टिकाउ र भरपर्दो हुन्छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?