
पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले डा.गोविन्द के.सीलाई अनसन बसेर मात्रै सबै कुरा पाइन्छ भन्ने भ्रमबाट मुक्त भई आयोगको नेतृत्वमा रहेर काम गर्न आग्रह गरेका छन्।
पोखरा बिश्वबिद्यालयको १९औं साधरणसभामा बोल्दै मन्त्री ओलीले अनशनबाटै सबै कुरा पाइने भए संसद किन चाहियो भनेर प्रश्न गरेका छन्। प्रधानमन्त्रीले राजनीतिक निहित उद्देश्यकालागि केसीको जीवनसँग खेलबाड गर्ने काम भइरहेको बताए।
उनले भने ‘आफ्नो रोटि सेक्ने काम भइरहेको र यो जायज होइन ।’ उनले विधिको शासनभन्दा माथि कोहि हुन नसक्ने बताए।उनले चिकित्सकको आन्दोलन पेशागत नैतिकता भन्दा बाहिर भएको भन्दै यस्तो कदम उचित नभएको उनको भनाई थियो।
उनले अहिले कांग्रेसको आन्दोलन के का लागि भन्दै प्रश्न गरे।उनले भने ‘यदि आन्दोलननै सोख हो भने मेरो लाग्छ र।’ अहिलेको सरकार विकास निर्माणकालागि अघि बढेको छ, भ्रष्टाचार मुक्त र सुशासन युक्त समाजमा सामाजिक न्याय स्थापितको लागि लागेको छ।
फेरी के का लागि आन्दोलन ? उनले कसैले जितेको प्रतिशोधमा आन्दोलन गर्नुको औचित्य नभएको बताए। प्रधानमन्त्री ओलीले आफू कुनै पार्टी विशेषको प्रधानमन्त्री नभई सारा पार्टी र जनाताको साझा प्रधानमन्त्री भएको बताए।