डा. केसी समर्थकको आन्दोलनको निसानामा प्रधानमन्त्री ओली

+
-

काठमाडौं – अनशनरत डा.केसीको समर्थनमा सडकमा उत्रिएको आन्दोलन विस्तरै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अभियानमा परिणत हुन थालेको छ।

डा. केसीको अनशनको १२ औं दिन शनिबार राजधानीमा ओर्लिएको  र्‍यालीले डा. केसीको माग पुरा हुनु पर्छ भन्दै दबाव त दियो नै प्रधानमन्त्री ओलीलाई निसानामा राखेर भाषण गरे अभिनेत्री मनिषा कोइराला बाहेकका सहभागिहरुले।

माफियाको ताती ओलीका साथी, तानाशाही ओली, अस्पतालमा गोली भन्ने जस्ता नारा लगाएर माइतिघरबाट र्‍यालीको सुरुवात गरेका उनीहरुले बानेश्वरस्थि कोणसभामा बेलुन उडाए र बेलुन जस्तै हावामा प्रधानमन्त्री ओलीको दम्भ उढ्ने चेतावनी समेत दिए।

डा. केसी समर्थकका यसअघिका आन्दोलन उनका माग पुरा हुनु पर्ने कारणहरुबारे बढी केन्द्रीत हुन्थे।  तर शनिबार प्रधानमन्त्री ओलीका कारण नै डा. केसीको माग पुरा नभएको भन्दै उनको ठूलो आलोचनामा सहभागिले समय खर्चे।

पूर्व प्रधानन्याधि सुशिला कार्कीले डा. केसीको माग सार्वजनिक भएपनि ओली सरकारले कार्यान्वयमा ढिपी गरेको आरोप लगाइन्।

मानवअधिकारवादी नेता कृष्ण पहाडीले कुशासनको पयार्य वर्तमान सरकार भएको आरोप लगाए।  उनले पञ्चायती भन्दा कडा व्यवस्था ओली सरकारले लागू गरेको उनको भनाई थियो।

अधिवक्ता ओम प्रकाश अर्यालले डा.केसीको माग पुरा नगरेर प्रधानमन्त्री ओलीले ठूलो दम्भ देखाएको तर त्यो छ्ट्टिै मर्ने चेतावनी दिए।

अभिनेत्री मनिषा कोइरालाले भने आम नेपाली गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको पहुँचमा पुग्नु पर्ने बताइन्। लेखक एवं आलोचक खगेन्द्र संग्र्रौलाले प्रधानमन्त्री ओली अपराधिकरणतर्फ लागेको आरोप लगाए।

साझा विवेकशिलका अध्यक्ष रविन्द मिश्रले डा. केसीको अभियान उनका लागि नभई सबै नेपालीका लागि भएकाले त्यसमा सरकार गम्भीर हुनु पर्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेसका सांसद एवं पूर्व प्रधानमन्त्री गगन थापा नेता, चिकित्सक र विद्यार्थीको उल्लेखनीय सहभागिता थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?