
पोखरा- २३ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको समर्थन गर्दै पोखरामा ‘डाक्टर केसी बचाउ अभियान’ चलाएका छन् नागरिक समाज पोखरा, युथ नर्स सञ्जाल र नेपाल चिकित्सा संघ गण्डकी शाखा पोखराले पोखराको चिप्लेढुङ्गामा सो अभियान सञ्चालन गरेका हुन्।
उनीहरुले पोखरामा डाक्टर गोविन्द केसिको जीवन रक्षा गर्दै हस्ताक्षर अभियान सुरु गरेका हुन्। नागरिक समाजका अध्यक्ष एवं कार्यक्रमका संयोजक बिष्णुहरि अधिकारीले डाक्टर गोविन्द केसीको समर्थनमा अभियान चलाएको बताए। के सीको स्वास्थ्य स्थितिप्रति सरकारले ध्यान दिएर समस्याको समाधान गर्न ढिला नगर्न आग्रह गरे।
शनिबार पोखरा बिरोध र्याली गरेका उनीहरु केसीका माग पुरा नभए अझ शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। सामाजिक अभियन्ता राम बहादुर पौडेललले शान्तिपूर्ण आन्दोलनका अभियन्ता, देशभक्त एवं स्वाभिमानका प्रतिमूर्ति डा. गोविन्द केसी जीवनमरणको दोसाँधमा रहेकाले उनको जीवन रक्षाको माग गरे।
उनले नेपाल सरकारद्वारा गठित माथेमा आयोगको प्रतिवेदनलाई लागू गरेर उहाँको एक सूत्रीय माग पुरा गर्न सरकार सँग आग्रह गरे।देश र जनताको हितमा भएकोले उहाँको समर्थनमा आयोजित कार्यक्रम कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा नभएको बताए।