डा. केसीको सत्याग्रह २६ औँ दिनमा, सहमति जुटाउने प्रयासमा वार्ता हुँदै

डा. केसीको सत्याग्रह २६ औँ दिनमा, सहमति जुटाउने प्रयासमा वार्ता हुँदै
+
-

काठमाडौँ – चिकित्सा शिक्षामा सुधारको माग गर्दै डा. गोविन्द केसीले १५ औँ पटक सुरु गरेको सत्याग्रह २६ औँ दिनमा लागेको छ ।
जुम्लाबाट सुरुभएको डा. केसीको यसपटकको सत्याग्रह लम्बिँदै गएको छ ।

गएको बिहीबार स्वास्थ्यमा जटिलता देखिएको भन्दै सरकारको जोडबलमा केसीलाई जुम्लाबाट काठमाडौँ ल्याइएको छ । अहिले उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् ।

लामो समय हुँदा पनि सहमति जुटाउने गरी वार्ताको पहल हुन सकिरहेको थएन । तर मंगलबारदेखिको वार्ताले सहमतिको संकेत गरेको छ । सरकारी वार्ता टोली र डा. केसीको पक्षबिच मंगलबार भएको वार्तामा धेरै कुरामा सहमति भएको छ । केहीमा कुरा मिल्न अझै बाँकी रहेको छ । बाँकी रहेका विषयमा सहमति जुटानका लागि बुधबार फेरि वार्ता हुँदैछ ।

सिंहदरबारमा मंगलबार बेलुका भएको वार्तामा धेरै विषयमा सहमति भएको तर केहीमा कुरा मिल्न बाँकी रहेको डा. केसी पक्षको वार्ता टोलीका सदस्य डा. अभिषेकराज सिंहले जानकारी दिएका छन् ।

उनका अुसार डा. केसीको विधेयकबाट हटाइएका प्रमुख विषयहरु काठमाडौँ उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय शैयाको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायत माग बारे छलफल भएको छ ।

वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने सहभागी थिए ।

यस्तै डा. केसीका तर्फबाट डा. जीवन क्षेत्री, डा. अभिषेकराज सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे थिए । बुधबारको वार्ता निर्णायक हुने अपेक्षा गरिएको दुवै पक्षले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?