बजेट अभावमा व्यापारिक भवनको निर्माण सुरु हुन सकेन्

बजेट अभावमा व्यापारिक भवनको निर्माण सुरु हुन सकेन्
+
-

दाङ-पूर्वपश्‍चि म राजमार्ग छेउँमै ठूलो अग्लो भवन छ।यसरी भवन ठडिएको वर्ष दिन पुग्नै आँटेको छ। सटरहरु बन्दछन् । ईट्टाको गाह्रोमा पलस्टर गरिएको छैन्। झ्यालहरु पनि छैनन्। भवन प्रयोग गर्न मिल्ने अवस्थामा अझै पुगिसकेको छैन्।

प्रदेश ५ को संसद भवनदेखि लिएर मन्त्रालय सम्म अटाउन सक्ने भनेर चर्चा कमाएको लमहीको बहुउद्देश्यीय व्यापारिक भवनको निर्माण कार्य पुरा हुन नसकेको हो। पहिलो चरणको निर्माण कार्य सकिएको दश महिना पुगेपनि दोस्रो चरणको निर्माण कार्य अझै सुरु हुन नसक्दा भवनले पूर्णता पाउन नसकेको हो। पहिलो चरणको काम सकिएपनि बाँकी निर्माणको काम सुरु नहुदा धेरैको एउटै प्रश्न सुनिने गरेको छ‘यो भवनको निर्माण कार्य कहिले पुरा हुन्छ?’

लमही नगरविकास समितिको लगानिमा निर्माण भएको यो भवनको थप निर्माण कार्य गर्न बजेट अभाव भएको नगर विकास समितिका सदस्य सचिव राजेन्द्रप्रसाद पाण्डेले बताए।‘यो भवनको निर्माण कार्य सम्पन्‍न गर्न हामि प्रकृयामा छौं।

८÷९ करोड रुपैयाँ बजेट फिनिसिंगमा लाग्ने स्टिमेट वनेकाले तत्काल नगर विकास समिति संग बजेट मौजुदा नभएकाले केहि समस्या परेको हो’पाण्डेले भने–‘नगर विकास समितिको आम्दानिको स्रोत भनेको घडेरी विक्रि हो।अहिले घडेरी सिमित संख्यामा छ।’

६ करोड ५७ लाख रुपैयाँ पहिलो चरणको निर्माण गर्न सकिएको छ। बाँकी काम सम्पन्न गर्न ८ देखि ९ करोड रुपैयाँ लाग्ने स्टिमेट तयार भएको छ। तर, दोस्रो चरणको निर्माण पुरा गर्न चाहिने बजेट नगरविकास समिति संग मौजुदा नरहेकाले काम अघि वढ्न नसकेको हो। बाँकी निर्माण कार्य पूरा गर्न थ्री पी मोडेलमा लैजाने की भन्‍ने विषयमा अध्ययन भैरहेको सदस्य सचिव पाण्डेले बताए।‘अन्य ठुला शहरहरुमा यस्ता ठुला संरचनाहरु पब्लिक प्राईवेट पाट्नर सिपमा गर्न सकिन्छ। यता पनि जाने तयारीमा छौं। एक महिनाभित्र कसरी अघि वढ्ने भन्ने निर्णयमा पुग्छौं।’

यो भवनको विशेषता धेरै छ।‘अण्डरग्राउण्ड पार्किङ्ग को सुविधा सहीत लिफ्ट, कन्फ्रेंस हल, व्‍यारिपारिक सटरहरु भवन भित्र हुने छ’ नगर विकास समितिका सव-ईञ्‍जिनियर तुलसीराम अर्यालले भने–‘एउटा फ्लाईटबाट अर्को फ्लाईटमा जान लिफ्टको सुविधा हुने छ। दोस्रो चरणको काममा भवनको फिनीसीङ्ग अन्र्तगत रङ्ग लगाउने, झ्याल सहीत लिफ्टको काम हुने छ।’

देउखुरी उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष गंगाराम भट्टराईले भवन निर्माण कार्य छिटो सम्पन्‍न गर्न अनुरोध गरे।‘यो भवन संग यहाँको आर्थिक कारोवार जोडिएको छ, उनले भने-‘भवन बनेर यहाँवाट कारोवार सुरु भयो भने, प्रदेश ५ का उपभोक्तालाई किनमेलमा सहजता आउने छ।त्यसरी यसलाई विकास गर्न जरुरी छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?