साइबर सुरक्षाबारे ज्ञान, सीप हासिलमा कोशे ढुंगा

‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ होटेल र्‍याडिसनमा सुरु

‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ होटेल र्‍याडिसनमा सुरु
+
-

काठमाडौं- इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपीसर्ट)को आयोजनामा नेपालमै पहिलोपटक ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ सुरु भएको छ। इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपीसर्ट)को आयोजनामा नेपालमै पहिलोपटक राजधानीको होटल र्‍याडिशनमा विहान ९ बजेदेखि ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ सुरु भएको हो।

यो समिटको मूल नारा बिल्डिङ्ग ग्लोबल एलाइन्स फर साइबर रिजिलेन्स रहेको छ।समिटको मूख्य सहभागीहरु सूचना प्रविधि व्यवसायीक व्यक्तिहरु, सुरक्षा विज्ञहरु, सरकारी अधिकारीहरु, व्यवसायीहरु, र विभिन्न क्षेत्रका सिकारुहरु हुने आयोजकले जानकारी दिएका छन्।

यसअघि नास्टमा समिटको पहिलो दिन शुक्रबार, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र राष्ट्रिय कृषि तथा अनुसन्धान केन्द्र (नार्क) मा प्री–समिट वर्कसप आयोजना गरिएको थियो। वर्कसपमा ‘साइबर सेक्युरिटी टेक्नोलोजी’ र ‘साइबर सेक्युरिटी क्याप्चर द फ्ल्याग (सिटिएफ)’ विषयमा सहभागीहरुलाई विभिन्‍न विधाका विज्ञहरुले क्षमता अभिवृद्धि तालिम प्रदान गरेका थिए। जसमा सिस्को, इसी काउन्सिल, चेक प्वइन्ट सफ्टवेयर टेक्नोलोजिज, लग प्वइन्ट, पेनटेस्टर कम्युनिटी, वाप्स कम्युनिटी, लावा लगायतका संस्थाहरुबाट विज्ञहरुको उपस्थिति रहेको थियो।

समिटको अवधिभर सहभागीहरु साइबर सुरक्षासम्बन्धि विषयहरुमा छलफल र अनुभव आदानप्रदान गर्नेछ भने यो क्षेत्रका व्यवसायीक र उद्योगीहरुका बिचमा सम्बन्ध विस्तारको अवसर पनि हुनेछ।

यो समिटको उद्धेश्य भनेको साइबर सेक्यूरिटीको क्षेत्रमा भएका फरक फरक ज्ञान र सिपका साथै विभिन्न अनुभवहरु एक आपसमा साट्नु हो। समिटले नयाँ पुस्तालाई ससक्त बनाउनेछ र विश्वभरबाट आउने विभिन्‍न सरोकारबाला निकायहरुलाई एकै थलोमा समेट्नेछ।यसले वर्तमान साइबर सेक्यूरिटी ट्रेण्डको अध्ययन र छलफलबाट साइबर सेक्यूरिटी थ्रेटहरुलाई रोक्न ससक्त आधार तयार पार्नेछ।

यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट विभिन्‍न कार्य प्रस्तुति, प्यानल डिस्कसन, र किनोट लेक्चर दिईनेछ। सहभागीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु, व्यवसायीहरु, कर्मचारीहरु, क्लाइन्ट र ग्राहकहरुबिच अन्तरक्रिया गर्न सक्ने छन्।

ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ लाई लगप्वाइन्ट, सिस्को र चेकप्वाइन्ट सफ्टवेयर टेक्नोलोजीजले प्रायोजन गरेका छन्। यो समिटलाई संचार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, नेपाल बैंकर संघ, कम्यूटर एसोसिएसन अफ नेपाल, इन्टरनेट सोसाईटी नेपाल च्याप्टर र अन्य विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?