थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशन काठमाडौंमा हुने

थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशन काठमाडौंमा हुने
+
-

काठमाडौं- थारु समुदायको हकहितमा काम गर्दै आएको छाता संगठन थारु कल्याणकारिणी सभा(थाकस)को २२औं महाधिवेशन काठमाडौंमा हुने भएको छ।

शनिबार बसेको थाकसको केन्द्रीय कार्यसमितिको बैठकले असोज ६, ७ र ८ गते राजधानी काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो। यसअघि थाकसले महाधिवेशनको मिति तोके पनि कहाँ गर्ने भनेर स्थान तोक्‍न सकेको थिएन।

यस्तै थाकसको बैठकले जिल्ला र प्रदेशमा रहेका सम्पूर्ण कार्यसमितिहरुलाई भदौ १५ गतेभित्र अनिवार्य रुपमा आ-आफ्‍नो क्षेत्रको अधिवेशन गरिसक्‍न निर्देशन समेत दिएको थाकसका उपाध्‍यक्ष प्रेमीलाल चौधरीले देश सञ्‍चारलाई बताए।

उनले भने,’ थारु कर्‍याणकारिणी सभाको केन्द्रीय महाधिवेशनका लागि उपयुक्त समय असोज ६, ७ र ८ गते तोकेका छौ भने स्थान यो वर्ष काठमाडौंलाई नै बनाएका छौ। ‘

तराईको आदिवासी/भूमिपुत्रको रुपमा बसोबास गर्दै आएको थारु समुदायलाई नेपालको नयाँ संविधानले हक, अधिकार र  राज्‍यको हरेक निकायमा पहुँच हुने प्रावधान  दिए पनि  व्‍यवहारमा कार्यान्वयन नभएकाले अबको नेतृत्व थाकसले गर्ने उनको भनाई थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?