न्याम्समा नयाँ उपकुलपतिका लागि दौडधूप

न्याम्समा नयाँ उपकुलपतिका लागि दौडधूप
+
-

काठमाडौँ- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स (वीर अस्पताल)मा साउन २४ मा उपकुलपति डा. गणेश गुरुङको कार्यकाल समाप्त हुने भएपछि नयाँ उपकुलपतिका लागि चिकित्सकको दौडधुप सुरु भएको छ।

प्रतिष्ठान ऐनअनुसार प्रतिष्ठानका सहकुलपति एव स्वास्थ्यमन्त्रीको सिफारिसमा कुलपति एव प्रधानमन्त्रीले न्याम्सको उपकुलपतिको नियुक्ति गर्छन्। उपकुलपति हुनका लागि पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्र, डा. श्रीकृष्ण गिरी, डा. सीताराम चौधरी, डा. अनिल मिश्र, डा. डिएन शाह, डा. श्रवणकुमार चौधरीको दौडधुप सुरु भएको छ।

त्यसका लागि वर्तमान भिसी डा. गुरूङको पनि राजनीतिक दौडधुप सुरु भएको छ। डा. मिश्र पूर्व स्वास्थ्य सचिव र न्याम्सका पुर्वडिन समेत हुन्। हाडजोर्नी रोग विशेषज्ञ डा. गिरी न्याम्सका पुर्व रजिस्टार हुदै स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखा प्रमुखको अनुभव लिइसकेका छन । उनी नेकपा अध्यक्ष प्रचण्ड,पूर्व स्वास्थमन्त्री र वर्तमान शिक्षामन्त्री गिरीराजमणि पोखरेल निकट हुन्।

अर्का डा. सिताराम चौधरी पुर्व डिन हुन्, जसलाई वीरका कर्मचारीहरू र तराईबासी डाक्टर र नेताहरूको सहयोग छ। उनी सम्भवत भीसीका लागि स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पहिलो रोजाइमा छन्। अर्का डा. अनिल मिश्र बरिष्ट कलेजो रोग बिषेशज्ञ हुन्। आध्यात्मिक र सालिन मानिन्छन् उनी। डा. डि एन शाह आखारोग बिषेशज्ञ हुन्। टिचिङ अस्पतालमा कार्यरत शाह स्वास्थ्यमन्त्री यादव को दोस्रो रोजाइमा छन्। डा. श्रवण कुमार चौधरी वीर अस्पतालका पूर्वनिर्देशक हुन्। स्वास्थ्य सचिव पुष्पा चौधरीका पति ऊनी भारतीय दूतावासको विश्वासपात्र पनि मानिन्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?