सामाजिक दबाबका कारण मानसिक तनावमा ममता

छोरी भएकै कारण बुवाको किरिया बस्‍नबाट रोक !

छोरी भएकै कारण बुवाको किरिया बस्‍नबाट रोक !
+
-

कार दुर्घटनामा ज्यान गुमाएका पर्यटन व्‍यावसायी मधु सुवेदीकी छोरी ममता सामाजिक दबाबका कारण बुबाका किरीया बस्नबाट बञ्चित भएकी छिन्।

पोखरा-६ लेकसाइडका मधु सुवेदीको शुक्रबार राति त्रिशुलीमा कार खस्दा भएको दुर्घटनामा मृत्यु भएको थियो। शनिबार सुवेदीको हिन्दु संस्कार अनुसार दाहसंस्कार गरियो र छोरी ममता सुवेदीले पनि उनलाई दागबत्ती दिईन्। तर समाजले उनलाई  प्रभाव र दबाबमा पारेर किरिया बस्‍नबाट बञ्चित गराइ दिएको छ।

ममताले आफ्नो बुबा मधुकरले बेलामा बेलामा ‘मेरो छोरा भनेकै तिमीहरु हौ, असल र जिम्मेवार सन्तानको सदैव परिचय दिनु’ भन्दै प्रेरित गरिरहेको सम्झदै उनले मृत्यु संस्कारमा छोरा चाहिने परम्परा तोड्दै आफू किरिया बस्‍न चाहेको बताएकी छिन्। तर उनलाई समाज र परिवारका अन्य सदस्यबाट किरिया बस्न रोक लगाइएको छ।

आमा लक्ष्मी सुवेदीले पनि बुबाको किरिया बस्ने छोरीको इच्छा पुरा नभएको बताइन्। लक्ष्मीले भनिन् ‘छोरीको किरिया बस्ने इच्छा थियो तर पाइनन् । सामाजिक मुल्य मान्यताका कतिपय कुराले बञ्चित गरायो।’

‘अहिले शोकको घडीमा छौं। यो विषयमा धेरै कुरा गर्नु उपयुत्त छैन।’ ‘उहाँको भाइ किरिया बस्नु भएको छ।’ लक्ष्मीले यो नितान्त पारिवारिक विषय भएको र परिवार भित्र सहमति भएकाले धेरै कुरा भन्न आवश्यक नरहेको बताइन्।

‘आफ्नो बुबाको मृत्युमा आफ्नी छोरी किरिया बस्छु भन्दा रोक्नु सांस्कृतिक हिंसा भएको अधिकार कर्मीले बताएका छन्। गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशकी प्रमुख विना सिलवालले भनिन् ‘ यो सरासर सांस्कृतिक हिंसा हो, पित्तृसत्तात्मक समाजमा छोरीको अस्तित्वलाई स्विकार गरिएन।

धर्म संस्कारको नामबाट बहिष्कार गरियो, यो कुनै घरको विषय नभई समाजको विषय भएकाले यो निन्दनीय छ।’ महिलालाई ‘कम्प्रोमाइज’ गराइ जबरजस्ती आफ्नो प्रभुत्व जमाउँदै आएको उनको आरोप छ।

आफूलाई जन्म दिने बाबुको किरिया बस्न चाहाने छोरीलाई दबाबमा पार्नुका साथै मानसिक तनाव दिएर किरियाबाट बञ्चित गर्नु न्यायोचित नभएको सिलवालको गुनासो छ।

यस्तै वडा नं ६ कि वडा सदस्य पुष्पा पहारीले अधिकार कानूनमा लेखेर होइन व्‍यवहारमा उतारेपछि प्राप्त हुने भन्दै ममतालाई किरिया बस्नुबाट रोक्नु ठूलो सांस्कृतिक विभेद भएको आरोप लगाइन्। उनले भनिन्, ‘ अधिकार कानूनमा लेखेर होइन व्‍यवहारमा उतारेपछि प्राप्त हुन्छ। तर यहाँ त सभ्य नागरिकले आवाज उठाउनुको सट्टामा विभेद र हिंसाको बीऊ रोपिरहेका छन्। लाशमाथि धार्मिक अहमता लादिरहेका छन्। यो समाजमा महिलामाथि गरिने हिंसाको अर्को भयानक रुप हो।यसलाई हामी मिरेर फ्‍याक्नुपर्छ।’

छोरी ममता जबरजस्ती किरिया बसे आफन्तले छोड्ने दबाब दिएपछि उनी पछि हट्न बाध्य भएको अर्का अधिकारकर्मी शिव खकुरेलले बताए। ‘ममताको किरिया बस्ने ठुलो इच्छा थियो तर चौतर्फी दबाब दिएर बञ्चित गराइयो ।’ ‘पित्तृसत्तात्मक समाजले महिलाको अस्तित्व अझै स्विकारेको छैन भन्ने ज्वलन्त उदाहरण हो यो ’ उनले २१ औ शताब्दीमा आउँदा पनि महिला माथि विभेद कायमै हुनु र पुरुषत्व हावी हुनुले हाम्रो सोच कहिले बदलिएला भन्ने प्रश्न खडा गरेको उनको भनाई छ।

कर्मकाण्ड सहयोगी पण्डित नन्दराम अधिकारीले काका किरिया बसिरहँदा भतिजी पनि सँगै बस्न नमिल्ने धार्मिक मान्यता रहेको बताएपछि ममतापछि हट्नु परेको हो। उनका आफन्तले पनि बाबु पछिका काकाहरु उनीहरुलाई चिढ्याउने काम गर्न नहुने भन्दै सम्झाउन थाले पछि उनी हटिइन्। उनी अहिले किरिया त बसेकी छिन् तर छोराले गर्ने सहरको किरियाबाट बञ्चित भएकी छिन्।उनी थलोमा नगई घरमै बसेर शोक मनाइरहेकी छिन्।

मृतक मधुकरका दाजु खेमराज सुवेदीले ममतालाई छोरी भएकै कारणले भन्दा पनि किरिया बस्ने चाहेको कुरा ढिलो गरी मात्रै भनेकाले कोरा भित्र बस्न नपाएको बताए। उनले भने ‘निकै पछि मात्रै किरिया बस्न चाहेको कुरा उनले सुनाईन्। त्यतिबेला सम्म भाई हरि कोरा बसिसकेको थियो। ’उनलाई अधिकारबाट बञ्चित गराउने उद्देश्य आफुहरुको नभएको उनको भनाइ थियो।

मधुकर सुवेदी परिवारका चार दाजुभाइमध्ये माइला हुन् । मधुका श्रीमती लक्ष्मी, १७ वर्षीया छोरी ममता र ९ वर्षीया छोरी एञ्जिला छन्। ममता पोखरा मासवारमा रहेको मदरल्याण्ड माविमा कक्षा १२ मा अध्ययनरत छिन् । सानी छोरी ३ कक्षामा अध्ययनरत छिन्।

अंश र वंशमा छोरा भन्ने परम्परागत मुल्य मान्यतालाई तोड्दै क्रान्तिकारी छोरीहरुले सांस्कृतिक रुपान्तरणमा आफुलाई स्थापित गर्न सफल भएका उदाहरण भए पनि पोखरा जस्तो शिक्षित र सभ्य शहर मानै एक छोरी आफ्नो बुबाको किरिया बस्नबाट बञ्चित भएको विषयलाई निकै चासोको रुपमा हेरिएको छ। यो सांस्कृतिक विभेद भएको भन्दै चारैतिर यसको निन्दा गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?