सरकारलाई काम गर्न पाइन भन्‍ने छुट छैन- भूमिमन्त्री अर्याल

सरकारलाई काम गर्न पाइन भन्‍ने छुट छैन- भूमिमन्त्री अर्याल
+
-

पोखरा- नेपाल सरकारका भूमि व्‍यवस्था, सहकारी एवम् गरिबी निवारण मन्त्री पद्मा अर्यालले दुई तिहाई बहुमत भएको सरकारले काम गर्न पाइन र सकिन भन्ने छुट नभएको बताएकी छिन्।

पोखरामा अनलाईन पत्रकार संघले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार गठनको ५ महिनामै परिणाम खोज्नु जायज नभएको भन्दै सरकारले आफ्नो कार्यकालमा जनताका आशा अनुरुपका काम गरेर देखाउने दाबी गरिन्। उनले भनिन्, ‘विपक्षीले सानातिना कुरामा उल्झन निकालेर संसद अवरुद्ध गर्ने र सरकारलाई काम गर्न नदिने वातावरण सृजना गर्नु सकारात्मक होइन। सरकारलाई जनमुखी काम गर्न दिएनन् भन्‍ने छुट कसैलाई छैन।’

उनले सरकार काम गर्ने पूर्वाधार खडा गरिरहेको बेला प्रतिष्पर्धीहरु अत्तालिएर अनेक बखेडा झिकिरहेको आरोप लगाइन्। उनले भनिन् ‘सरकारलाई अब पूर्वाधार खडा गरिरहेका बेला विपक्षीहरुले बाधा पुर्‍याउने होइन। झन त्‍यसमा हसयोग गर्ने हो। तर उहाँहरु आत्तिएर जहिल्‍यै बखेडा झिक्‍नुहुन्छ।’

पुरानो सहकारी ऐन पुनरावलोकन सहित परिमार्जित गर्दै बन्ने कानुनको कार्यान्वयनमा जोड दिएर भूमि र सहकारी सम्बन्धि देखिएको समस्याहरुको निराकरणमा योजनाबद्ध तरीकाले काम गर्नेमा उनको जोड थियो। उनले सहकारी मार्फत जनतालाई उत्पादनमुखी काममा सहभागी गराई जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याइने बताइन्।

उनले सहकारीमा विकृति भए तिनीहरुको पहिचान गरि उन्मुलन गरिने भन्दै अब योजना र क्यालेन्डर बनाएर आफ्नो मन्त्रालय अघि बढ्ने जानकारी दिइन्।
मन्त्री अर्यालले भूमिको समुचित प्रयोग मार्फत कृषिको आधुनिकीकरण गर्न आबश्यक भएको भन्दै अबब्यस्थित बसोबास नियन्त्रण गर्न यससंग जोडिएका ऐन कानुन र नीतिहरुको कडाइका साथलागु गर्ने र सो को लागि आवश्यकता परे नीति नियमको पनि पुनराबलोकन बताइन्।

गरिबी नेपालीको मुख्य चुनौती भएको भन्दै उनले भुउपयोग नीति लागु गर्दै सुकम्बासी समस्यालाई बैज्ञानिक र न्याय पूर्ण तरीकाले सम्बोधन गर्ने बताइन्। भूमिको उच्चतम प्रयोग र त्यसलाई आम्दानिको महत्वपुर्ण स्रोत बनाउन कृषिमा आधुनिकीकरणको जरुरी भएको उनको भनाई थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?