हिन्दु राष्ट्र नेपालीको पहिचान

धर्म परिवर्तनको डढेलो निभाउनुपर्छ- कमल थापा

धर्म परिवर्तनको डढेलो निभाउनुपर्छ- कमल थापा
+
-

पोखरा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो समय धर्म परिवर्तन डढेलो लागे जस्तै फैलिएको भन्दै यसलाई नियन्त्रण गर्नु पर्ने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश कमिटीले शुक्रबार पोखरामा आयोजना गरेको हिन्दु राष्ट्र पुनर्स्थापना राष्ट्रियजागरण कार्यक्रमालाइ सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन्।

उनले हिन्दु राष्ट्र कुनै धर्म विशेषको मात्रै बिषय नभएर यो समग्र नेपाली राष्ट्रियता र नेपालीको पहिचानको बिषय भएको बताएका छन्।

हिन्दुहरुले केवल धार्मिक बिषय र पूजा आराधानासँग मात्रै सरोकार नराख्‍ने भन्दै थापाले हिन्दु राष्ट्र नेपालीको एकताको सुत्र भएका कारण नेपाललाई हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग आफुहरुले राखेको बताए।

उनले पछिल्लो समय हिन्दु धर्म परिवर्तन गरी अन्य धर्ममा आस्था राख्ने मानिसको संख्यामा वृद्धि भएको र धर्म परिवर्तन डढेलो लागे जस्तै फैलिएको भन्दै यसको नियन्त्रण गर्न हिन्दु राष्ट्र पुनस्र्थापना राष्ट्रिय जागरण अभियानको थालनी गरिएको बताए।

थापाले धर्म परिवर्तनमा विशेष गरी आदिवासी जनजाति र दलित अल्पसंख्यक समुदायका संख्या बढी मात्रामा रहेको भन्दै उनीहरुलाई हिन्दु धर्मको बारेमा जानकारी दिनका लागि राष्ट्रिय जागरण कार्यक्रम मार्फत आफूहरु गण्डकी प्रदेश आइपुगेको बताए।

उनले कुनै एक दिनमा बनेको पहिचान हैन युगौयुगदेखि पुर्खाको मेहनेतले आर्जेको एउटा सभ्यता भएको हुँदा यसलाई राष्ट्रिय स्वाभिमान र पहिचानसंग जोडेर लानु पर्नेमा अहिलेको सरकार दायित्वको भएको मा जोड दिए।

उनले अन्य दलहरुले पनि हिन्दुधर्म निमिट्यान्न पार्नेतिर लागेको भन्दै यसले नेपाल र नेपालीको अस्तित्व नै संकटमा पर्ने भन्दै सचेत हुन आग्रह गरे।
राप्रपा नेपालले मुलुकभरी हिन्दु राष्ट्र पुनर्स्थापना राष्ट्रिय जागरण कार्यक्रम अन्तगर्त शुक्रबार गण्डकी प्रदेशमा आइपुगेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?