काठमाडौं- प्राय: नेपाली भाषामा गाउँदै र नाँच्दै गरिरहेको तीज गीत यस पटक भने थारु भाषा पनि हेर्न पाइने भएको छ।
हिन्दू नारीहरुले मनाउने हरितालिका तीज नजिकिदै गर्दा चम्पन सांस्कृतिक समूहले थारु भाषामा पहिलो तीज गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन्।
समूहको महासचिव दिपक चौधरीको नेतृत्वमा उक्त गीतको म्यूजिक भिडियो तयार गरिएको हो। दीपकलाई थारु भाषाको गीत निर्देशन गर्न गोबिन्द श्रेष्ठले साथ दिएका छन्।
थारु भाषाको तीज गीतमा नरेश जोगीले शब्द र संगीत फैले गरेका छन् भने अनु चौधरीले उनलाई आवाजमा साथ दिएकी छिन्।
यस्तै म्यूजिक भिडियोमा नरेश जोगी, जेएमसी चौधरी र अनु पराजुलीले अभिनय गरेका छन् भने छायांकन रामकृष्ण चापागाइको रहेको छ।
डिभाइन फिल्मस् प्रालिको प्रस्तुति रहेको उक्त म्युजिक भिडियोलाई करण चापागाइले सम्पादन गरेका हुन्।
थारु भाषामा म्युजिक भिडियो बनाएर चम्पन सांस्कृतिक समूहले सहिष्णुता र सद्भावको सस्कृतिसँग जोड्नुका साथै तीज प्रतिको मोह दर्शाएको छ।