
विर्तामोड- झापाको बिर्तामोडस्थित नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालय नजिक बम विष्फोट भएको छ ।
बन्द आह्वानकर्ताले पत्रकार महासंघको कार्यालय भवन नजिकै बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।
बिर्तामोड बसपार्कमा रहेको नेपाल पत्रकार महासंघको कार्यालय भवन भन्दा उत्तरको सडक किनारको झाडीमा सुतली बम बिस्फोट गराएका हुन् ।
विप्लवका दुई जना कार्यकर्ताले बिहान ६ बजे बम राखेर हिँडेको केहि क्षणमै विस्फोट भएको स्थानीयबासीले बताएका छन् ।
झापाको दमकबाट सोमबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् ।
पर्चा बाँड्दै गरेको अवस्थामा प्रहरीले ताप्लेजुङका २५ वर्षीय असल लिम्बू र २६ वर्षीय राजु दासलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।