बर्षेनि कति विदेशी ‘स्टुडेन्ट भिसा’मा नेपाल आउँछन्?

बर्षेनि कति विदेशी ‘स्टुडेन्ट भिसा’मा नेपाल आउँछन्?
+
-

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत असार २२ गते अध्ययनका लागि ‘भिसा’ उपलब्ध गराइदिन (सिफारिस) ७७ जना विदेशीको नाम अध्यागमन विभागमा पठायो। उक्त सूचीमा ११ जना अमेरिकी र ३६ जना कोरियन थिए।

जापान, मेक्सिको, बोलिभिया, सिंगापुर, म्यानमार, क्यानडा, रुस, बेलायत, अस्ट्रेलिया, जर्मनी, मलेसिया लगायत देशका नागरिक पनि थिए त्यो सूचीमा। हरेक वर्ष नेपालबाट अस्ट्रेलिया,बेलायत, अमेरिकालगायत देशमा ठूलो संख्यामा नेपाली विधार्थी अध्ययनका लागि जाने गर्छन्। तर तिनै देशबाट नेपालमा अध्ययनका लागि आउने विद्यार्थीको संख्या पनि कम छैन।

अध्यागमन विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १ हजार ९ सय ३७ विदेशीका लागि अध्ययन ‘स्टडी’ भिसा जारी भएको थियो। यसमा सरकारी कोटामा पढ्न आउने विदेशीको संख्या पनि समावेश छ।

अध्यागमन विभागले ‘विद्यार्थी ‘, ‘अध्यापन’ र ‘अनुसन्धान’गरी तीनवटा शीर्षकअन्तर्गत अध्ययन भिसा दिन्छ। अध्ययन भिसा लिन निवेदक नेपालमै आउनु पर्ने भएकाले सुरुमा विदेशी पर्यटक भिसामा नेपाल आउने र त्यसपछि ‘प्रोसेस’ अगाडि बढाउँछन्। अध्ययन भिसा प्राप्त गर्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिस अनिवार्य हुन्छ। मन्त्रालयको सिफारिसकै आधारमा कुनै निश्चित समयको भिसा विभागले जारी गर्दछ।

नेपालमा अध्ययन भिसाका लागि एकपटकमा एक वर्षभन्दा बढीको भिसा जारी गर्न नपाइने ब्यवस्था छ। अध्यागमन विभाग स्रोतका अनुसार नेपालमा अध्ययन भिसा लिने अधिकांश विधार्थीकै रुपमा हुन्छन्। उनिहरुले विश्वभाषा क्याम्पसमा नेपालीलगायत विभिन्न भाषा सिक्नका लागि भिसा लिन्छन्। विभागका अनुसार काठमाडौं विश्व विधालयअन्तर्गत रहेको आर्ट एन्ड डिजाइन विभागमा सारङ्गी सिक्ने,बाँसुरी बजाउने लगायत विभिन्न बाद्यबादनका कला सिक्न भन्दै भिसा लिनेको संख्या पनि ठुलो छ।

अध्ययन नै गर्छन कि अरु !


नेपालमा अध्ययन भिसा लिने विदेशीहरु के साँच्चिकै अध्ययन नै गर्छन् वा त्यस नाममा अरु काम गर्छन् ? राज्यको कुनै अनुगमन छैन। उनीहरुले अध्ययन गर्ने भनिएका कलेज वा विश्वविद्यालय, शिक्षा मन्त्रालय र अध्यागमनबीच भिसाको दुरुपयोग भएको छ कि छैन भन्ने सम्बन्धमा कुनै समन्वय नभएको र अनुगमन समेत नभएको स्रोत बताउँछ।

‘भिसा चाहिएपछि वा थप्नु परेपछि हामीलाई सिफारिस आउँछ। सिफारिस नै आएपछि हामीले भिसा नदिने कुरा हुँदैन। मुख्य कुरा शिक्षा मन्त्रालय र सम्बन्धित कलेज वा विश्वविधालयबीच समन्वय र सहकार्य हुनुपर्छ’, विभागकै एक उच्च अधिकारी भन्छन्। अध्ययन भिसामा नेपालमा रहेका विदेशीहरुमध्ये केही धर्म प्रचारलगायत विभिन्न गैह्र कानुनी क्रियाकलापमा संलग्न रहेको यसअघि विभिन्न घटनाले देखाएको थियो।

अमेरिकीलाई एकैपटक पाँच वर्षको भिसा


अन्य देशका नागरिकलाई एकपटकमा एक वर्षभन्दा बढीको अध्ययन भिसा जारी गर्न नपाइने ब्यवस्था भएपनि अमेरिकी नागरिकलाई भने त्यो लागू छैन। सन् २०१८ को जनवरी १ तारिखदेखि लागु हुने गरी अमेरिकी नागरिकलाई एकैपटक पाँच वर्षको अध्ययन भिसा जारी हुने गरेको छ।

अमेरिकासँगको ‘पारस्परिकता सम्झौता’ अन्तर्गत अब हरेक अमेरिकीले नेपालमा अध्ययन गर्न चाहे एकैपटक पाँच वर्षको भिसा पाउने छन्। तीन महिनाको मात्र कोर्सको अध्ययन भएपनि उनिहरुका लागि एकैपटक ५ वर्षकै भिसा जारी हुने गरेको अध्यागमनका अधिकारी बताउँछन्।

‘पाँच वर्षको भिसा दिने गरिएपनि त्यो दिन बेलामा  अध्ययन पश्चात कुनै गैह्रकानुनी क्रियाकलापमा संलग्न रहे कारबाही गरिने चेतावनी दिने गरेका छौं’, अध्यागमन स्रोत भन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?