अभ्यासबिनाको संघीयतामा काम गर्न असहज भएको कर्मचारीको गुनासो

अभ्यासबिनाको संघीयतामा काम गर्न असहज भएको कर्मचारीको गुनासो
+
-

पोखरा-गण्डकी प्रदेशका विभिन्न मन्त्रालयका प्रवक्ता एबम सूचना अधिकारीहरुको रुपमा कार्यरत कर्मचारीहरुले संघियता अधकल्चो जस्तो भएको अभ्यास हुन नसक्दा प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो गरेका छन्।

संघीयताको बृहत अध्ययन,तालिम र अभ्यास बिना काम गर्नु पर्दा संघीयताको मर्म अनुसार काम गर्न कठिनाइ भएका उनीहरुको भनाई छ।
गण्डकी प्रदेशका पत्रकारहरु माझ आफ्नो मन्त्रालयमा भए गरेका कामहरुको जानाकारी दिन मंगलबार आयोजना गरेको पत्रकार भेटघाट एबम अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन्।

कुन काम संघीय सरकारको र कुन काम प्रदेश सरकारको भन्ने स्पष्ट नहुँदा कतिपय बिकास निर्माण र नीति योजना तर्जुमाका काम प्रभावकारी हुन नसकेको गण्डकी प्रदेशका सचिब फणिन्द्र मणि पोखरेलले बताए।

उनले भने ‘संघियतामा कसरि काम गर्ने भन्‍ने स्पष्ट ब्यवस्था नहुँदा काम प्रभावकारी बनाउन सकिएको छैन ।’ पोखरेलले बिज्ञहरु मार्फत राजनीतिज्ञ र कर्मचारीहरुलाई बिषेश तालिमको आबश्यकता रहेको बताए।

अहिले सिक्दै काम गर्दै गर्दाको अवस्थामा रहेकोले संघियताको आधार खडा गर्नमै ब्यस्त हुनु परेको बताए। संघीयता बलियो बनाउन अब केन्द्रिकृत नीति कानुन र ब्यबस्था क्रमश प्रदेशको क्षेत्राधिकारमा ल्याउनु पर्ने भन्दै ढिलो भएमा संघियताको प्रभावकारिता न्यून हुने तर्फ सचेत रहनुपर्नेमा जोड दिए।

कार्यक्रममा सो प्रदेशका विभिन्न मन्त्रालयमा प्रबक्ता एबम सुचना अधिकारीको रुपमा कार्यरत कर्मचारीहरुले आर्थिक बर्ष ०७४÷७५ मा आफ्नो मन्त्रालय अन्तर्गत भए गरेका काम र भाबि योजनाको बारेमा जानकारी दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?