दक्षिण एसियाका नौ लिपीमा डोमेननेम ल्‍याउने तयारी

अब नेपाली भाषामै डोमेन नेम राख्‍न पाइने !

अब नेपाली भाषामै डोमेन नेम राख्‍न पाइने !
+
-

काठमाडौं- विश्‍वरभर सूचना प्रविधिले फड्‍को मारिरहँदा दक्षिण एसियाका देशहरुले अब आफ्‍नै भाषामा ‘डोमेन नेम‘ पाउने भएका छन्।  इन्टरनेटको डोमेन नेम सिस्टम (डीएनएस) लाई संसारभर व्यवस्थापन गर्ने जिम्मेवारी पाएको संस्था ‘इन्टरनेट कर्पोरेशन फर एसाइन्ड नेम्स एण्ड नम्बर्स’ (आईसीएएनएन) दक्षिण एसियामा धेरै बोलिने ९ भाषाका विभिन्‍न लिपीमा इन्टरनेट डोमेन नेम उपलब्ध गराउने तयारीमा जुटेको हो।

आइसीएएनएन भारतका प्रमुख समीरन गुप्ताका अनुसार देवनागरी, बंगाली, गुजराती, गुरमुखी, कन्नडा, मलायालम, उडिया, तामिल र तेलगु गरी नौ लिपीमा डोमेन नेम उपलब्ध हुनेछ। जसमा नेपाली भाषा देवनागरी लिपीअन्तर्गत पर्ने भाषा भएकाले अब वेबसाइटको डोमेन नेम नेपालीमै राख्‍ने सकिनेछ। योसँगै दक्षिण एसियामा नौ लिपीहरु अन्तर्गत रहेर बोलिन भाषाहरुमा धेरै पर्छन्।

उसले दक्षिण एसियाका देशहरुमा बोलिने भाषा र लिपीहरुमा डोमेन उपलब्ध गराउने तयारी गरिरहेका बताएका छन्। उनले भनेका छन्, ‘ अब अंग्रेजी भाषामा ज्ञान नभएका व्‍यक्तिहरुले आफ्‍नै भाषामा वेबसाइटको डोमेन नेम लिन सक्‍नेछन् भने ती भाषा र लिपीका सामग्रीहरु खोलेर हेर्न सक्‍नेछन्। हाल संसारभर ५२ प्रतिशत जनसंख्‍या इन्टरनेटको पहुँचमा छन् भने बाँकीहरु अंग्रेजी नबुझेर आउन सकेका छैनन्। अब ती सबै आउनेछन्।’

उनका अनुसार दक्षिण एसियामा बोलिने भाषाहरुमा डोमेन नेम उपलब्ध गराउनको लागि स्थानी भाषा र समुदायलाई लक्षित गरेर नियमहरु बनाउने काम अन्तिम चरणमा रहेको छ। नियो ब्राहृमी जेनेरेसन प्यानल नामको उक्त प्यानलमा करीब ६० भन्‍दा धेरै प्रविधिक र भाषाशास्त्रीहरुलाई सहभागी गराइएको छ।
जसमा भारत, नेपाल, बंगलादेश, श्रीलंका र सिंगापुरबाट सहभागी गराइएको छ।

यस्‍तै अहिलेसम्‍म देवनागरी, गुजराती, गुरमुखी, कन्‍नडा, उडिया र तेलगु गरी ६ प्रकारका लिपीहरुलाई आधार मान्‍दै सार्वजनिक प्रतिक्रियाको लागि तयारी अवस्थामा राखिएको गुप्ताले उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘आईसीएएनएनको वेबसाइटमा खोलेर जोसुकैले ती प्रस्तावहरुको समीक्षा गर्न र प्रतिक्रियाहरु दिन सक्नेछन्।’

गुप्ताका अनुसार हाल ४ अर्ब २ करोड इन्टरनेट प्रयोगकर्ता रहेपनि सन २०२२ सम्‍ममा करीब ५ अर्ब इन्टरनेट प्रयोगकर्ताहरु पुग्‍नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?