
काठमाडौं – नेपाली कांग्रेसका तीन सय कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नकेपा) मा प्रवेश गरेका छन्।
पार्टी कार्यालय धूमबाराहीमा बिहीबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सयुंक्तरुपमा उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्।
बिहीबारकै कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट अलगिएर स्वतन्त्र विचार समूह बनाएका हृदयश त्रिपाठी नेकपामा प्रवेश गर्ने भनिएपनि हल्ला मात्रै भएको पार्टीका नेता कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए।
प्रतिनिधिसभाको निर्वाचनमा सूर्य चिन्ह लिएर चुनाव लडेका त्रिपाठी नेकपा प्रवेश गर्ने विषयमा छलफल भने भइरहेको श्रेष्ठले बताए।