नयाँ मुलुकी संहिताको पोखरामा शुभारम्भ

नयाँ मुलुकी संहिताको पोखरामा शुभारम्भ
+
-

पोखरा- नयाँ मुलुकी संहिताको कास्कीमा पनि कार्यान्वयनका लागि औपचारिक शुभारम्भ गरिएको छ।

शुक्रबार कास्की जिल्ला अदालत पोखरामा एक आयोजित कार्यक्रममा जिल्ला अदालत कास्कीका न्यायधिश दिपेन्द्र बहादुर अधिकारी नयाँ मुलुकी संहिताको शुभारम्‍भ गरेका थिए।सँगै मुलुक नयाँ कानुनी युगमा प्रवेश गरेको हो। तत्कालिन प्रधानमन्त्री जंगबहादुरको पालामा १९१० मा सालमा बनेको मुलुकी ऐन ल्‍याएका थिए।

कार्यक्रममा बोल्‍दै जिल्ला अदालत कास्कीका न्यायधिश दिपेन्द्र बहादुर अधिकारीले संहिताले आधुनिक र सभ्य समाज निर्माणमा यसले यो मुलुकी संहिता महत्वपूर्ण हुने बताए। उनले नयाँ ऐनले साविक मुलुकी ऐन र केहि विशेष ऐनका अधिकांश प्रावधानलाई संहिताबद्ध गरेर मुलुकी संहिता आएको बताए । उनले अहिलेको संहिता आज सम्म प्रस्तावमा सबैभन्दा बढि र वृहत छलफल गरेर आएको मुलुकी संहिता भएको जानाकारी दिए।

अर्का जिल्ला न्यायधिश योगेन्द्र प्रसाद शाह छिटो छरीटो न्याय सम्पादन गर्न ऐन सहयोगी हुने र हक अधिकारको संरक्षणमा यसले ऐतिहासिक अवसर प्रदान गर्ने धारणा राखे।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले संविधान घोषणा पछि यो अर्को महत्वपूर्ण अवसर भएको बताए । नागरिक समाजको तर्फबाट बोल्दै खगेन्द्र घिमिरेले ऐनको प्रभावकारी कार्यान्वयनको लागि नागरिक समाज, कानुन ब्यवसायी र न्यायलय बीच समन्वयको आवश्यकता हुने बताए।

कास्की बार अध्यक्ष सोम बहादुर श्रेष्ठ, उच्च अदालतका बार एशोसियशन पोखराका अध्यक्ष दयाराम गौतम लगायतका बक्ताले जारी संहिताले मुलुकको नयाँ संविधानको कार्यान्वयनमा महत्वपूर्ण भुमिका रहने कुरा उल्लेख गर्दै कानुनको अज्ञानता क्षम्य नहुने यसलाई आम नागरिकमा बुझाउन जरुरी रहेको धारणा राखे।

अहिले मुलुकी अपराध संहिता ऐन, मुलुकी देवानी संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन र मुलुकी देवानी कार्यविधि ऐन भदौ १ अर्थात आजबाट कार्यान्वयनमा आएका छन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?