
पोखरा – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस आन्दोलनको पक्षमा नभएकोे बताएका छन् ।
तत्कालिन अवस्थामा डा. केसीको जीवन रक्षाका निम्ति कांग्रेस आन्दोलनमा उत्रनु परेको भन्दै उनले कांग्रेसकै पहलमा ल्याएको अध्यादेशको कार्यान्नयन र रक्षाका लागि ऐक्यबद्दता स्वरूप विरोध प्रर्दशन गरेको बताए ।
शनिबार प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले कांग्रेसलाई आन्दोलन गर्न हतार नरहेको बताए ।
उनले वर्तमान सरकारले जनताको भावना र चाहना अनुरुप काम गर्न नसकेको आरोप लगाए ।
‘करै करको भारीले जनताको ढाड भाँच्ने काम भएको छ, अब जनता आफै सरकारका विरुद्ध सडकमा आउँछन, कांग्रेसले आन्दोलन गर्नुपर्देन,’ नेता केसीले भने ।