
काँकरभिट्टा-मेचीनगरको काँकरभिट्टा दक्षिण सतिघट्टा मार्गको चिया बगानमा आइतबार बिहान १४ वर्षीया बालिकामाथि दुर्व्यहार भएको छ ।
स्थानीय लोफोफोरस अंग्रेजी माध्यमिक बिद्यालयमा अध्ययनरत बालिका कोचिङ कक्षा पढ्नका लागि विद्यालय जाँदै गर्दा बाटोमा दुर्व्यहार भएको विद्यालयका प्रिन्सिपल सागर गुरूङले बताए।
एक्कासी तीन जना केटाहरुले साईकल रोकेर स्कुल ब्याग समेत फालेर जबरजस्ती गरेपछि बालिका चिच्याएपछि केटाहरु भागेको बताइएको छ।
घट्नाको बारेमा जानकारी हुने बित्तिकै जबरजस्ती गर्न खोज्ने केटाहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले बताए।