बीच भलिबलको उपाधि पश्चिमाञ्चलले जित्‍यो

बीच भलिबलको उपाधि पश्चिमाञ्चलले जित्‍यो
+
-

पोखरा- बीच भलिबलको उपाधि पश्चिमाञ्चल भलिबल संघले जितेको छ । आइतबार सम्पन्न फाइनलमा विभागीय सशस्त्र प्रहरीको एपीएफको ‘ए’ टिमलाई २१–१९, २१–१९ को सोझो सेटमा हराउँदै पश्चिमाञ्चल भलिबल संघले उपाधि जितेको हो ।

उपाधिसँगै पश्चिमाञ्चलले नगद ३० हजार र ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता सशस्त्रको एपीएफ ‘ए’ ले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।

गण्डकी प्रदेशका सांसद राजिव पहारी, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ र कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले विजेता उपविजेता दुबै टोलीलाई पुरस्कार प्रदान गरे।

पोखराको बाराहीघाटस्थित बीच भलिबल कोर्टमा पश्चिमाञ्चलका भुपेन्द्र गुरुङ र रमेश कार्कीको जोडीले सशस्त्रको कुलबहादुर कार्की र भोजबहादुर बि.क.लाई फाइनलमा हराएको हो। प्रतियोगितामा पश्चिमाञ्चलका भुपेन्द्र गुरुङ सर्वोत्कृष्ट खेलाडी बने। भुपेन्द्रले नगद ५ हजारसहित बेष्ट प्लेयरको ट्रफी हात पारे।

प्रतियोगिताको सेमीफाइनलमा एपीएफ ‘ए ले कास्की जिल्ला भलिबल संघलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै फाइनल पक्का गरेको थियो । उता, पश्चिमाञ्चल भलिबल संघले भने सशस्त्रकै एपीएफ ‘बी’ लाई १७–२१, २४–२२ र १९–१७ ले हराउँदै फाइनलयात्रा तय गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि राजिव पहारीले पोखरामा खेलकुदको संभावना धेरै रहेको औंल्याए। नेपाल ट्रष्ट मातहत रहेको बाराहीघाटको खेलकुद मैदान सम्बन्धित संघसंस्थाको मातहतमा ल्याउन आफूले पहल गर्ने सांसद पहारीको प्रतिबद्धता थियो।

सार्वजनिक सम्पत्तिको संरक्षण गर्न स्थानीय संघसंस्थाहरुलाई यहाँको सार्वजनिक सम्पत्तिको संरक्षण गर्न जिम्मा दिनुपर्नेमा जोड दिए। फेवाताल गण्डकी प्रदेशकै प्रमुख सम्पत्ति भएकोले यसको संरक्षण हुनुपर्नेमा सांसद पहारीले जोड दिए।

फेवातालको आकार खुम्चदैं गएकोमा पहारीले चिन्ता व्यक्त गरे। उनले भने, ‘फेवाताल नै नरहे, पोखरासमेत रहँदैन।’ कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ आचार्यले आफ्‍नो धारणा व्‍यक्त गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?