वन र वन्यजन्तु

रैथाने हात्तीको संख्या बढ्दै, थपियो व्यवस्थापनको चिन्ता

रैथाने हात्तीको संख्या बढ्दै, थपियो व्यवस्थापनको चिन्ता
+
-

विर्तामोड – विगत केही वर्ष यता झापामा जंगलमा रहेका जंगली हात्तीको संख्या बढ्दै गएपछि तिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चिन्ता थपिएको छ।

हात्तीको बासस्थानमा मानिसहरुको बसोबास बढ्दै जाँदा ति हात्तीले रातको समयमा मानव बस्तीमा पसेर अन्नबाली खाइदिनुका साथै मानिसका घर समेत भत्काइदिने गरेको छन्।

जिल्ला वन कार्यालय झापाका अनुसार विगतमा भारतपट्टिबाट हुलका हुल आउने गरेका जंगली हात्ती मेची नदी किनारमा लगाइएको विद्युतीय तारबारका कारण अहिले आउन पाइरहेका छैनन्।

केही वर्ष यता झापाकै सामुदायिक बनहरुमा जंगली हात्तीको संख्या ह्वात्तै बढेको जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदी बताउँछन्।

उनले भने, ‘पहिला तीन वटा मात्र थिए। अहिले ११ वटा भएका छन्। ति स्थानीय हात्ती नै हुन्।’

सुवेदीको भनाई अनुसार दक्षिण भेगमा रहेको जलथल क्षेत्रको सामुदायिक बन, चारआलीको जंगल तथा खुदुनाबारी आसपासका जंगलमा जंगली हात्ती बस्ने गरेका छन्। बच्चासमेतलाई लिएर ति जंगली हात्ती रातको समयमा खानेकुराको खोजी गर्दै मानव बस्ती पस्ने गरेका छन्।

सुवेदीले भने, ‘सामुदायिक बनहरु घना हुँदै गए। अन्नबाली पनि उनीहरुले मन पराउने प्रकारका छन्। त्यही कारणले झापामा हात्तीको संख्या बढेको हो।’

हात्तीको जनसंख्या बृद्धि हुनुमा सकारात्मक ठान्छन् वन्यजन्तु विदहरु। तर हात्तीले अन्नवाली खाइदिएका स्थानीयबासिन्दा भने हात्तीलाई जसरी पनि लखेट्नुपर्ने बताउँछन्। जस्का कारण हात्ती र मान्छेविचको द्वन्द्व बढेसंगै धेरै स्थानहरुमा हात्तीको आक्रमणबाट मानिसको ज्यानसमेत जाने गरेको छ।

वन मन्त्रालयका प्रवक्ता धनन्जय पौडेलका अनुसार सरकारले हात्तीले मन नपराउने वैकल्पिक बाली लगाउने, मानिसमा चेतना जगाउने तथा क्षतिपूर्ति भराइदिने लगायतका काम सरकारले गरिरहेको छ।

तर वन्यजन्तुलाई कहीँ कसैले रोक्न नसक्ने भएकाले हात्ती हिँड्ने बाटोको संरक्षण र मानिसले हात्तीलाई लखेट्ने किसिमका गतिविधि बन्द हुनुपर्ने हात्ती संरक्षणमा लामो समयदेखि काम गरिरहेका विशेषज्ञ डा. नरेन्द्रमान प्रधान बताउँछन्।

उनले भने, ‘हात्तीको बासस्थानको संरक्षण नगरि हुँदैन। मानिसले अलिकति पनि विवेक पुर्‍यायो भने हात्तीबाट मानिसको ज्यान जाने क्रम ७० प्रतिशतसम्म रोकिन सक्छ।’

हात्तीले बाली नाली नष्ट गरिदिएको खण्डमा बीमाबाट समेत त्यस्को क्षतिपूर्ति लिन सकिने प्रधानले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?