
पोखरा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत वर्षको तुलनामा यस वर्ष उजुरी संख्या बढेको छ। आर्थिक वर्ष २०७३/७४ कोमा उजुरी संख्या ३९३ भएको मा आब २०७४/७५ मा ४९३ उजुरी परेका छन्। गत आवको तुलनामा १०० उजुरी बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराद्वारा आयोजित अन्तरक्रियामा जानकारी दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख काशीराज दाहालले उजुरी बढ्नुमा सुशासन स्थापनाका लागि सञ्चार क्षेत्र र नागरिकसमाजको सक्रियता बढ्दै गएको धारणा राखे। उनले भ्रष्टचार न्युनिकरणमा सञ्चार क्षेत्रको निरन्तर खबरदारी आवश्यक रहेको औल्याए। आगामी दिनमा सञ्चार क्षेत्र सँग समन्वयात्मक कार्य गरी प्रभावकारी रुपबाट शुसासन मार्फत सामाजिक न्याय स्थापित गर्दै सुखि नेपाली समृद्ध नेपालको लक्ष्यमा हासिल गर्न लागि पर्ने बताए।
उनले आयोगले प्रवद्र्धनात्मक, निरोधात्मक र दण्डनात्मक ३ खम्बे रणनीति मार्फत कार्य योजना बनाएर अघि बढेको जानकारी दिए। सो अन्तक्रिया कार्यक्रममा आयोगका उपसचिव रमेश ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य प्रगति र कार्य प्रक्रियाको बारेमा जानकारी दिएका थिए।
साथै भ्रष्टाचार नियन्त्रणमा सञ्चार क्षेत्रको समन्वयात्मक भुमिका बारे चर्चा गर्दै उनले नवलपुर बाहेक गण्डकी प्रदेशको १० जिल्लाको अवस्थाको बारेमा जानकारी दिए ।
जिल्लागत उजुरीमा सबैभन्दा बढि कास्कीमा परेका छन् ३४६ उजुरीमा २०० फछ्यौट भएका छन् भने १४६ बाँकी रहेका छन् । कम उजुरी पर्नेमा मनागं र मुस्तागं रहेका छन्। मनाङमा १ र मुस्ताङमा ४ वटा परेको तथ्यांकले देखाएको छ।
मन्त्रालय गत उजुरीमा सबैभन्दा बढि शिक्षा २३२ छ भने १४१ फछ्यौट र बाँकी ९१ रहेका छन् । त्यसपछि धेरै उजुरी संघीय मामिलामा परेको छ। जसमा २०४ उजुरीमा ९५ फर्छ्योट भएको छ भने १०९ उजुरी बाँकी रहेका छन् मन्त्रालय अन्तर्गत कम युवा खेलकुद र कानुन न्याय रहेका छन् । जसमा एक एक उजुरी परेका छन्।
आयोगले प्रस्तुत गरेको बार्षिक प्रतिवेदनमा सुशासन सम्बद्ध, योजना तथा कार्यक्रम सम्बद्ध र सुचनाको हक सम्बद्ध मार्फत उपलब्धि हासिल भएको देखाएको छ।
विशेष गरी सेवा प्रवाहमा जवाफदेहिता, पारदर्शिता वृद्धि, अन्तक्रिया कार्यक्रममा गुनासो कम, गत आव मा १० जिल्लामा ८३ प्रतिशत पुँजिगत खर्च भएको, नगरपालिका, मालपोत, यातायात कार्यालयहरुले राजस्व चेक मार्फत गर्ने गरेको, विचौलियाहरुको प्रवेश निषेध, हेल्प डेस्क मार्फत सेवाग्राहिहरुलाई सेवा दिन शुरु गरिएको, विद्युतिय हाजिरी, सिसिटिभि प्रयोग गरि अनुशासन निगरानी गर्ने कार्य भएको उपलब्धिमा देखाइएको छ।