
पोखरा- हिन्दू महिलाहरुको नजिकिदै गरेको तीजलाई गरी पोखरामा जागरण अभियान भएको छ। महिला शसक्तिकरण गर्ने उद्देश्यले तीजको अवसरमा बढ्दै गएको विकृति र विसंगति रोक्दै महिलाहरुलाए आर्थिक,सामाजिक, सांस्कृतिक एवं राजनैतिक सशक्तिकरण गर्ने उदेश्यले नारी जागरण अभियानको घोषणा गरीएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।
आधुनिकता नाममा पछिल्लो समय सांस्कृतिक पर्वहरु विकृत उन्मुख हुँदै गएको यथार्थलाई केलाउँदै सांस्कृतिक पर्वहरुको मौलिकतालाई जर्गेर्ना गर्ने उदेश्य अभियानको रहेको नारी जागरण अभियान पोखराका संयोजक अञ्जु केसीले जानाकारी दिइन्।
अभियानमा नेतृत्व विकास, महिला अधिकार, राजनैतिक , आर्थिक, सांस्कृतिक एवं काननुी सचेतना, लगायतका विविध विषयमा वडा वडामा गएर महिलालाई प्रशिक्षण दिइनेछ।
महिलाको क्षमता तथा दक्षता अभिवृद्धिकालागि सरोकारवालासँग सहकार्य गरेर प्रभावकारी रुपबाट अभियान चलाइने केसिले बताइन्। अभियानमालाई सफल बनाउन पोखरामा क्रियाशिल झण्डै ५० सामाजिक संघ संस्थाहरुले एक्यवद्धता जनाएका छन्।
अभियान सामाजिक न्याय समतामुलक समाजकालागि भएकाले कार्यक्रमलाई सफल पार्ने सबै क्षेत्रका ब्यत्ति एवं संस्थाहरुलाई स्वत स्फुर्त सहयोग गर्न आग्रह गरिएको छ। सो अवसरमा पोखरामा रहेका विभिन्न आमा समुह, महिला समुह लगायत संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो।