जाने बुझेका मान्छे नै मापसेमा पर्छन्

जाने बुझेका मान्छे नै मापसेमा पर्छन्
+
-

विर्तामोड-ट्राफिक प्रहरीले सडकमा मादक पदार्थ सेवन गर्ने चालकहरुलाई चेकजाँच गर्दा अधिकांश जाने बुझेका मानिसहरु पर्ने गरेका छन्।

जसलाई रक्सी पिएर सवारी साधन चलाउँदा के हुन्छ भनेर सुझबुझ छ, तिनीहरु नै पटक पटक मापसे जाँचमा परेर दण्डित हुने गरेको ट्राफिक प्रहरीका अधिकारीहरु बताउँछन्।

‘थोरै पिएको छु सर, उ त्यहीँ हो मेरो घर, म होशियारले कुदाउँछु’ भन्‍नेहरु सडकमा प्रशस्त दण्डमा पर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले बताए।

प्रहरी निरीक्षक राईले भने, ‘तपाईं हामी सबैले चिनेका मानेका मान्छेनै धेरै पर्छन्। हामीले नमस्कार गर्नेपर्ने मान्छेले त्यसो गरिदिएपछि अरुले के गर्लान्?’

तर ट्राफिक प्रहरीले त्यस्ता सवारी साधनलाई राखेर भोलिपल्ट सवारी चालक अनुमति पत्र प्वाल पारेर र जरिमाना गरेर मात्र छोड्ने गरेको राईले बताए। उनले भने, ‘कतिपय मान्छे पटक पटक पर्छन्। सबैको सवारी चालक अनुमती पत्र प्वाल पारेर पठाइदिने गरेका छौं।’

मापसेमा सबभन्दा बढी मोटरसाइकल चालक


मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमा सबभन्दा बढी मोटरसाइकल चालक पर्ने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ।

गत आर्थिक बर्षमा झापामा एक हजार १ सय ५१ वटा मोटरसाइकल मापसे कार्वाहीमा परेका छन्। जुन अन्य सवारी साधनको तुलनामा अत्याधिक हो। त्यसैगरि १ सय १९ साना सवारी साधन मापसे कार्वाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

जम्मा १ हजार ४ सय ९० सवारी साधन मापसेमा परेको जिट्राप्रका झापाले जनाएको छ। मापसे कार्वाहीबाट १४ लाख ९० हजार रुपैयाँ संकलन भएको प्रहरी निरीक्षक राईले जानकारी दिए।

मापसे गर्ने बस चालकलाई पक्राउ गर्न सुरु


जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आर्थिक बर्षमा अहिलेसम्म तीनजना मापसे गरि सार्वजनिक बस चलाउने चालकलाई पक्राउ गरिएको छ। उनीहरुलाई सार्वजनिक मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

सार्वजनिक बसका चालकलाई मापसेमा मुद्दा चलाउन थालिएको यो पहिलो पटक हो। बसका चालकले मापसे गरे सार्वजनिक अपराध मानेर मुद्दा चलाउन थलिएको प्रहरी निरीक्षक राईले बताए। उनले भने, ‘उनीहरु सम्झाउँदा नलागेपछि पक्राउ गरेर मुद्दा चलाउन थालिएको हो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?