आफ्नै फोटो प्रदर्शनी हेरेर दङ्ग भए पोखराका कर्मठ नारीहरु

आफ्नै फोटो प्रदर्शनी हेरेर दङ्ग भए पोखराका कर्मठ नारीहरु
+
-

पोखरा- पोखरा महेन्द्रपुल स्थित आर्ट ग्लालरीमा प्रर्दशनीमा राखिएको सुन्दर पोखराका कर्मठ नारीहरु फोटो प्रदर्शनीमा आफ्नो तस्बिर हेरेर दङ्ग थिइन् माछापुच्छ्रे बैंककी शाखा प्रबन्धक निलम गौतम।

तस्बिर हेरेर मुस्कुराउँदै उनले भनिन्, ‘जीवनमा कर्म त गरियो, त्यही कर्मले गर्दा कर्मठ महिलाको यो माझमा आफ्नो तस्विर हेर्दा झनै ऊर्जा मिल्यो ।’ कार्य ब्यस्तताले प्रदर्शनीमा आउन नपाएकी उनले आज थपिएको १ दिनमा आएर आफ्नो तस्विर सँगै अन्य सशक्त महिलाका सुन्दर तस्विरहरु अवलोकन गरेकी हुन्

विभिन्न क्षेत्रमा रहेर आफ्नो कार्यमा दत्तचित्त भइरहेका महिलाको खोजी गरेर समाजमा ल्याउने जुन कार्य कलाकार मिलन शेरचनको एकल प्रयासमा भएको छ त्यो निकै सह्रानिय भएको उनको भनाई छ।

त्यसरी नै दंग थिइन् पर्यटन  व्‍यवसायी महिला शर्मिला दाहाल। ‘सशक्त र कर्मठ महिलाहरु बीच आफ्नो तस्बिर हेर्दा निकै खुशी लागेको दाहालले बताइन् । उनले भनिन् ‘तस्बिर हेरेसँगै मैले पनि समाजको लागि केहि गरेकी रहेछु भन्ने एउटा गर्व अनुभुति भयो।’

एक ब्यक्तिको एकल प्रयासमा घर घर र कार्य क्षेत्रमा पुगेर कर्मठ महिलाको तस्विर सहितको प्रोपाइल उतार्नु पक्कै चानचुने कुरा होइन दाहालले भनिन् ‘कलाकार मिलनको यो परिकल्पनाले म जस्तै धेरै महिलालाई कर्म क्षेत्रमा लगनशिल भएर कार्य गर्न प्रेरित गरेको छ।’

‘अग्रजलाई सम्मान, युवा पुस्तालाई प्रोत्साहन, सुन्दर पोखराका कर्मठ नारीहरुको खोजी अभियान’ भन्ने नारा सहित हानानोओसिबाना कलाकार मिलन शेरचनको परिकल्पनामा यो फोटो प्रदर्शनी गरिएको हो । शेरचनले २०६९ सालमा सुन्दर पोखराका कर्मठ महिला फोटा प्रदर्शनी गरिसकेकी छिन्। भने यो उनको दोस्रो फोटो प्रर्दशनी हो।

विभिन्न चुनौतीको सामाना देखिएको गरेर घर भित्र देखि घर बाहिरसम्म जिम्मेवारी बहन गरेका महिलाको पहिचान र परिचयलाई बाहिर ल्याउँदै उनीहरुको आत्मविश्वासलाई अझै बढाउनु र आत्म सम्मानलाई उच्च बनाउनुनै फोटो प्रर्दशनीको उद्देश्य रहेको कलाकार मिलन शेरचनले बताइन्। ‘हामी महिलाका चुनौति पुरुषलाई थाहा हुँदैन देखिएको स्वतन्त्रता भित्र विभिन्न जिम्मेवारी निर्वाह गरेर आफ्नो पहिचान बनाउन सफल महिला बास्तवमा कर्मठ महिला हुन्।

’ शेरचनले थपिन् ‘एक महिला हुनुको नाताले मैले त्यो अवस्थालाई बुझेकी छु। त्यसैले कर्मठ महिलाको परिचयलाई समाजमा स्थापित गराउने उद्देश्यले फोटो प्रदर्शनी गरेकी हुँ।’ उनले यस कार्यलाई निरन्तरता दिदै जाने बताइन् ‘फेरी नयाँ महिलाहरु आफ्नो क्षेत्रमा सफल हुँदै जान्छन् यो एउटा खोजी अभियान पनि हो।’

भाद्र ८, ९ र १० गते तीन दिन सम्म राखिएको प्रदर्शनीमा अवलोकनकर्ताले अझै एक दिन थप्ने आग्रह गरेपछि ११ गते पनि थपिएको शेरचनले जानाकारी दिइन्। ८० जना विभिन्न क्षेत्रका महिलाका स्थापित र संर्घषरत महिलाको सुन्दर तस्बिरहरु प्रर्दशनीमा राखिएको छ । त्यसैगरी ती महिलाको फोटो र चिनारी सहित ब्रोसर पनि निकालिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?