राज्यको लगानीबाट टाढै रहेका नेपालले प्याराग्‍लाइडिङमा दिलायो पदक

राज्यको लगानीबाट टाढै रहेका नेपालले प्याराग्‍लाइडिङमा दिलायो पदक
+
-

पोखरा-इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा पहिलो पटक समावेश भएको प्याराग्लाइडिङ खेलले नेपाललाई रजत पदक दिलाएको छ।

खेलको ११औं दिनमा प्याराग्लाइडिङ क्रस कन्ट्रीतर्फको पुरुष टिम इभेन्टमा इतिहास रच्दै रजत पदक हात पारेको हो। प्याराग्लाइडिङ बाट रजत पदक हात पारेको नेपाली टोलीमा ३४ वर्षीय विमल अधिकारी, २६ वर्षीय विजय गौतम, २९ वर्षीय सुशील गुरुङ, १७ वर्षीय युकेश गुरुङ र २६ वर्षीय विशाल थापा थिए।

नेपाल जापान भन्दा जम्मा २७ अंकले पछि पर्दै रजत पदकमा चित्त बुझाएको हो। पाँच दिन सम्म जारी रहेको खेलमा दुई दिन सम्मको टास्कमा तेश्रो स्थान तेश्रो दिनको खेलमा चौथो भएको थियो। तर चौथो दिनको खेल सुर्धादै नेपाल दोश्रो स्थान उक्लिएर अन्ततः पाँचौ दिन रजत पदकका साथ नेपालले रजत पदक हासिल गर्न सफल भएको हो।

नेपालका लागि नेपाली पाइलट विशाल थापा, विमल अधिकारी युकेश गुरुङ, शुसिल गुरुङ र बिजय गौतम नायक सावित भए। टिममा रहेका सबैभन्दा कान्छा खेलाडी १६ वर्षिय युकेश गुरुङले पाँचौ दिन सम्मको खेलमा सबैभन्दा उत्कृष्ट खेलाडीको रुपमा स्थापित गर्दै सबैभन्दा बढी अंक बटुलेका थिए।

हालैमात्र एसइइको परिक्षा उर्तिण गरेका युकेश कक्षा ११ मा अध्ययन गर्दैछन। नेपाली टिमको प्रशिक्षकमा योगेश भट्टराई, सानु बाबु सुनुवार र टिम म्यानेजरमा शैलेन्द्र राउत रहेका थिए।

खेलस्थलमा रहेका एसियाली खेलकुदका लागि कार्यबाहक सेभ दि मिसन रिम रानाभाटले जितले निकै उत्साहित बनाएको बताए । उनले पोखरामा स्थापित खेल प्याराग्लाइडिङले प्राप्त गरेको पदकले निकै गर्व लागेको प्रतिक्रिया दिए। उनले भने, ‘प्याराग्लाइडिङ खेलले व्यवसायिक रुपमा पर्यटन प्रवद्र्धन मात्र गरेको छैन यो साहासिक खेलमार्फत राष्ट्रको गरिमालाई समेत उचो बनाएको छ।”

आज भन्दा २० वर्ष अघि पोखरामा प्याराग्लाइडिङ खेललाई भित्र्याइएको थियो। तत्कालिन समयमा पर्यटन ब्यवसायी विरु बमजंगले भित्रयाएका थिए । साहसिक खेलको रुपमा परिचित यस खेल पर्यटकीय नगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने खेल मानिन्छ।

पोखरा मात्रै झण्डै ६० भन्दा बढि ब्यवसायिक प्याराग्लाइडिङ कम्पनिहरु रहेका छन्। भने २ सय ५० बढि पाइलटहरुले प्याराग्लाइडिङ उडान गर्ने गरेका छन्। नेपाल ह्याङग्लाइडिङ प्याराग्लाइडिङ संघ नेफा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको छ। प्याराग्लाइडिङ खेल ब्यवसायिक रुपमा नेपाल हवाइ खेलकुद संस्था मार्फत हुने गरेको छ।

एसियाली खेलकुदमा पहिलो पटक समावेश भएर प्राप्त रजत पदकले खेल मार्फत नेपालको गरिमालाई उच्च राख्न सफल भएको बताउँछन् नेफाका सल्लाकार एवं नेपाल हवाई खेलकुद संस्थाका उपाध्यक्ष कृष्ण भण्डारी ‘यो ऐतिहासिक उपलब्धि हो। अब यस खेलबाट देशको गरिमालाई विश्व सामु चिनाउन सहयोग पुगेको छ । साहसिक खेल पर्यटनबाट देशको समृद्धि उकास्न सकिने संभावनको ढोकाहरु खोलिएका छन्।’

भण्डारीका अनुसार एफएआई क्याटगोरी २ अन्तर्गत प्याराग्लाइडिङका धेरै खेल सम्पन्न भइसकेका छन् भने प्रि वल्र्डकपमा २ चोटि सहभागि भइसकेको छ । अब वल्डकपको तयारी भइरहेको उनले जानकारी दिए।

नीजि क्षेत्रको पहलमा फष्टाउँदै गएको यस खेलमा राज्यको ध्यान पुग्न नसकेको उनले गुनासो गरे । ‘यस खेलले पदक प्राप्त गरेको छ अब राज्यले यस खेल प्रति ध्यान दिन्छकी भन्ने आशा लागेको छ । ’ उनले भने।

राज्यको लगानीबाट धेरै टाढा र नीजि क्षेत्रको पहलमा शुरु गरिएको साहसिक खेल प्याराग्लाइडिङले राष्ट्रको गरिमा बढाएको बताउँछन् नेपाल खेलकुद पत्रकार संघ कास्कीका अध्यक्ष केशव पाठक।

‘पहिलो पल्ट राज्यको लगानी भन्दा टाढा रहेको प्याराग्लाइडिङले ठुलो सफलता हासिल गरेको यो निकै सकारात्मक हो ’ उनले भने ‘साहसिक खेल मार्फत अब पर्यटन प्रवद्र्धन गर्न सकिने प्रशस्त आधारहरु देखिएका छन्।’ उनले थपे- ‘अब यसलाई राज्यले विशेष चासो दिएर यस खेलको प्रवद्र्धन गर्नुपर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?