पोखरामा चिडियाखानाका लागि प्रदेश सरकारको ३ करोड

पोखरामा चिडियाखानाका लागि प्रदेश सरकारको ३ करोड
+
-

पोखरा- खुला चिडियाखानाको अवधारणामा निर्माण गरिरहेको पोखरा जुलोजिकल पार्कलाई प्रदेश सरकारले ३ करोड रुपैयाँ लगानी गर्ने भएको छ । चालू वर्षभित्रै पार्कको गुरुयोजना तयार गर्न ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

‘चिडियाखाना निर्माणाधीन छ । यसलाई थप ब्यवस्थित बनाएर बृहत्तर विकासका लागि सरकारले यो वर्ष ३ करोड विनियोजन गरेको छ, पर्यटन मन्त्रालयलका सचिव बुद्धीसागर पौडेलले भने–डेढ करोड डिपिआर बनाउन र डेढ करोड वन्यजन्तु उद्धार संरक्षण केन्द्र स्थापना गर्न बजेट छुट्याईएको हो ।’

उनका अनुसार बजेट निकासाको प्रक्रियामा छन् । प्रदेश सरकारले चालू बर्षको बजेट बनाउँदा नै पोरखामा चिडियाखाना निर्माण गर्ने योजना अघि सारेको थियो । पार्कमा हाल मृग रतुवा ८, अजिंगर १, निलगाई १, स्याल १, बाँदर १, हुचिल ६, गिद्ध २, चिल ३, बनविरालो २, जरायो १, खरायो १५, लाटोकोसेरो २ वटा छन् ।

पार्क निर्माणका लागि पोखरा युनाईटेड क्लबले वर्षेनी आयोजना गर्दै आईरहेको पोखरा महोत्सवबाट आम्दानी हुने रकमको केही प्रतिशत सहयोग हस्तान्तरण गर्दै आईरहेको छ । यसअघि जिल्ला विकास समिति र पोखरा तथा लेखनाथ नगरपालिकाले पनि सहयोग गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?