एसियाडमा पदक जित्‍ने प्याराग्लाइडिङ खेलाडिलाई पोखरामा नागरिक अभिनन्दन

एसियाडमा पदक जित्‍ने प्याराग्लाइडिङ खेलाडिलाई पोखरामा नागरिक अभिनन्दन
+
-

पोखरा-इण्डोनेसियामा आयोजित १८औं एशियाली खेलकुदमा रजत पदक जितेको नेपाली प्याराग्लाइडिङ टोलीलाई घरेलु शहर पोखरामा नागरिक अभिनन्दनसहित सम्मान गरिएको छ।

पश्चिमाञ्चल क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समिति र नेपाल हवाई खेलकुद संस्था ,नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघ र पाईलट क्लबले संयुक्त रुपमा सम्मान गरेका हो।

खेलाडी तथा प्रशिक्षक टिम मंगलबार विहान ११ बजे पोखरा पोखरा एयरपोर्टमा उत्रे लगत्तै पोखरेलीले उनीहरुलाई भब्य स्वागत गरेका थिए। नेपालले एशियाडमा प्याराग्लाइडिङलाई पहिलो पटक सहभागिता गराएको थियो।

पहिलो सहभगिता जनाएको प्याराग्लाइडिङ खेलले झण्डै २० वर्षपछि पुरुष क्रस कन्ट्री टिम इभेण्टमा रजत पदक जितेको हो। पोखरामा आयोजना हुने सम्मान कार्यक्रममा समेत खेलकुदमन्त्री विश्वकर्माको समेत विशेष उपस्थिति रहेको छ।

मन्त्रीसँगै राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव केशवकुमार विष्ट समेत उपस्थिति रहेको जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए।

मंगलबार विहान पोखरा विमानस्थल ओर्लिएपछि खेलाडीलाई बाजागाजासहित पोखरा बजार परिक्रमा गर्दै नागरिक अभिनन्दन गराई पोखरा रंगशालामा पुगेर सम्मान समारोह गरिने राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष एवम् सो अभिनन्दन कार्यक्रमका संयोजक दिपकबहादुर गोदारले जानकारी दिए।

प्याराग्लाईडिङ पोखराबाटै शुरुवात भएको हो। सन् १९९६ देखि पोखरामा प्याराग्लाइडिङको शुरुवात भएको हो। त्यसले व्यवसायिक रुप भने दुईवर्षपछि लिएको थियो। पोखरामा वर्षेनि खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदैं आएको छ। एसियाडमा सहभागि प्याराग्लाइडिङ खेलाडी पोखरेली हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?